२७ वैशाख, काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रि-बजेट छलफलमा लगानी सम्मेलनका प्रतिवद्दता बजेटले पूरा गर्नुपर्ने उनले बताएका हुन् ।
अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको ढकालले बताए । उनले बजेट र मौद्रिक नीतिबीच तादात्म्य मिलाउन सुझाव दिए । कम्तिमा एक सय रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउन समेत उनले सुझाव दिए ।
आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुख दिइरहेको भन्दै नयाँ बजेटले यसलाई रोक्नु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4