Comments Add Comment

चिनियाँ खोप

List Grid
काठमाडौंमा जेठ २ देखि चिनियाँ खोप सञ्चालन गर्ने तयारी

२७ वैशाख, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको दोस्रो चरणको चिनियाँ खोप (भेरोसेल) सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो । जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई जानकारी दिए । उनका […]

चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

२२ चैत, काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ । चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने […]

विश्वभर जाँदैछ चीनको खोप, नेपालमा आउला ?

११ माघ, काठमाडौं । विश्वका धेरै मुलुकमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । दर्जनौ मुलुकले खोप ल्याउने योजना बनाइरहेका छन् । यतिबेला विश्वभर नै कोरोना खोपको माग उच्च छ । यसबीच चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग पनि विश्वभर बढ्दै गएको छ । अनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले पनि विश्वभर […]

ब्राजिलमा रोकियो चिनियाँ खोपको परीक्षण

२५ कात्तिक, काठमाडौं । ब्राजिलमा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण रोकिएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणको क्रममा यो खोपको नकारात्मक असर देखिएसँगै ब्राजिलका स्वास्थ्य अधिकारीहरुले यो खोपको परीक्षण रोक्ने निर्णय गरेका हुन् । ब्राजिलको स्वास्थ्य नियामक अन्भिसाले गत अक्टोबर २९ मा यो खोपको परीक्षण रोकिएको बताएको छ । तर, […]

बंगलादेशमा चिनियाँ खोपलाई तेस्रो चरणको परीक्षण अनुमति

५ साउन, काठमाडौं । बंगलादेशले चिनियाँ कम्पनी सिनोभेकले निर्माण गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको लागि अनुमति दिएको छ । बंगलादेश दक्षिण एसियाको सबैभन्दा धेरै जनघनत्व भएको मुलुक हो । साथै यो मुलुकमा कोरोना भाइरसका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् । चिनियाँ कम्पनी सिनोभेक अहिले चीनभन्दा बाहिरका मानिसमा कोरोना भाइरसविरुद्धको […]