Comments Add Comment

जसिता गुरुङ

List Grid
‘आई एम ट्वान्टी वान’का लागि तयार धिरज र जसिता

निर्देशक रेनशा वान्तवा राइले आफ्नो नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कहिलेबाट सुरु गर्छिन् भन्ने प्रतिक्षा चलचित्रकर्मी र दर्शकलाई छ । किनकी, घोषणा भएको लामो समयसम्म पनि चलचित्रको छायांकन सुरु हुन सकेको छैन । नायक धिरज मगर र नायिका जसिता गुरुङ यही चलचित्रको छायांकनको प्रतिक्षा गरिरहेका छन् । नृत्यको कथामा आधारित रहेर तयार हुन […]

जसिताको बर्थ डे

नायिका जसिता गुरुङले आफ्नो जन्मदिन शनिबार मनाइन् । शनिबार उनले घरमै जन्मदिन मनाएको तस्वीर पोस्ट गरेकी छिन् । आफूलाई माया गर्ने सबैको आशीर्वादले धेरै खुसी लागेको उनले बताएकी छिन् । लकडाउनका कारण जसिताले आफ्नो जन्मदिन फ्यान, मिडियाकर्मी र चलचित्रकर्मीमाझ मनाउन पाइनन् । नेपाली चलचित्र क्षेत्रमा ‘लिलिबिली’बाट प्रवेश गरेकी नायिका गुरुङले छोटो समयमा नै चर्चा पाएकी […]

जसिताको अपिल–‘बाहिर निस्कदा जनावरका लागि पनि सोच्नुहोस्’

नायिका जसिता गुरुङले आफ्नो लागि खानेकुरा किन्न बजारमा निस्कदा जनावरका लागि पनि सोच्न सबैसँग अपिल गरेकी छिन् । एक सामाजिक संस्थासँग मिलेर कुकुरलाई खाना खुवाउँदै गरेकी जसिताले अन्य मानिसहरुलाई पनि जनावरका लागि सोच्न अपिल गरेकी हुन् । जसिताले कोभिड १९ को संक्रमणका कारण सबैर्लाइ घरमै बस्न र आफनो ख्याल राख्न आग्रह पनि गरेकी छिन् । […]

खुशी हुने सन्देश दिदैँ जसिता गुरुङ

यो वर्ष नेपाली चलचित्रले नायिका जसिता गुरुङलाई खुबै याद गर्‍यो । उनले साइन गरेका चलचित्रको छायांकन मात्र सुरु भइदिएको भएपनि उनको व्यस्तता केही बढ्ने थियो । तर, यस्तो भएन । जसिताले अभिनय गरेका कुनै पनि चलचित्र यो वर्ष रिलिज भएनन् । बरु, उनी चलचित्रमा अनुबन्धित भएका खबर मात्र नेपाली मिडियामा आए । नायक प्रदिप खड्कासँग […]

जसिताको हातमा २ प्रोजेक्ट, तर कुर्ने कहिलेसम्म ?

नायिका जसिता गुरुङको हातमा २ चलचित्र छन् । त्यो पनि देशका चल्तीका २ नायकसँग । उनले नायक धिरज मगरको जोडी भएर काम गर्ने गरि साइ नगरेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५ महिना अगाडि नै सुरु हुनुपर्ने हो । तर, यो चलचित्रको छायांकनपछि सरिरहेको छ । निर्देशक रेनशा वान्तवा राइले चलचित्रको छायांकन वैशाखबाट सुरु […]

‘स्टार’ नायकसँग जसिताको यात्रा

चलचित्र क्षेत्रमा चलेका र दर्शकले रुचाएका नायक हुन् या नायिका, उनीहरुसँग पर्दा शेयर गर्ने रुची हरेक कलाकारमा हुन्छ । अझ, चलचित्र क्षेत्रमा करिअर बनाउँदै गरेका कलाकारलाई स्टारसँगको टाइअप सुखद हुन्छ । जसिता गुरुङ, थोरै मात्र भाग्यमानी नायिकाको सूचीमा पर्छिन्, जसले छोटो समयमा नै स्टार नायकसँग टाइअप गर्ने अवसर पाएकी छिन् । चलचित्र क्षेत्रमा स्टार नायकको […]

कसको प्रतिक्षामा छिन् जसिता ?

नायिका जसिता गुरुङ ठूलो पर्दामा गतबर्ष रिलिज भएको चलचित्र ‘लभ स्टेशन’पछि देखिएकी छैनन् । बरु, उनी निर्देशक रेनशा वान्तवा राइको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकनको प्रतिक्षा गरिरहेकी छिन् । चलचित्र ‘लिलिबिली र लभ स्टेशन’मा काम गर्दा नायक प्रदिप खड्कासँ उनको प्रेम चर्चा पनि चल्यो । तर, दुबैले प्रेमको खबरलाई स्विकार भने गरेनन् । अहिले […]

जसिताको पर्खाई कहिलेसम्म ?

पहिलो चलचित्र ‘लिलिबिली’बाट नै दर्शकको मनमा बस्न सफल नायिका जसिता गुरुङ यतिबेला आफ्नो तेश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । जसिताले यो विचमा विभिन्न चलचित्रमा काम गर्ने चर्चा नचलेका होइनन्, तर उनले रेनशा वान्तवा राइको निर्देशनमा बन्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्दैछिन् । तर, यो चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । […]

जसिता र धिरजको केमेष्ट्री

नायक धिरज मगर र नायिका जसिता गुरुङ केही बर्ष अगाडि प्रेममा रहेका थिए भन्ने खबर नेपाली संचारमाध्यममा सार्वजनिक भैसकेको छ । धिरज र जसिताको प्रेम किन टुट्यो, यो बिषयमा दुबैले केही बोलेका छैनन् । तर, अब यो जोडी एकसाथ चलचित्रमा काम गर्दैछ । धिरज र जसिताले अभिनय गर्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन […]

‘आइ एम ट्वान्टी वान’मा धीरजको जोडी जसिता

रेनशा वान्तवा राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘आइ एम ट्वान्टी वान’को लागि नायिका पक्का भएकी छिन् । निर्माण पक्षले चलचित्रको लागि जसिता गुरुङलाई पक्का गरेको हो । निर्माण पक्ष र जसिताबीच लिखित सम्झौता पनि भइसकेको छ । निर्देशक वान्तवाले नै जसिता आˆनो चलचित्रमा रहेको बताएकी हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘सुरुदेखि नै हामीले जसितासँग […]

‘लभ स्टेशन’ गीतः जसिताको बिहेका प्रदिपको पीडा

शुक्रबारदेखि हलमा रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’को बियोगान्त गीत सार्वजनिक गरिएको छ । चलचित्र रिलिज भएको केही दिनपछि चलचित्रको बियोगान्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नायिका जसिता गुरुङको बिहेमा नायक प्रदिप खड्काको पीडा देख्न सकिन्छ । उज्ज्वल घिमिरे निर्देशित यो चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रको यो गीतमा डेविड शंकरको स्वर, […]

‘लभ स्टेशन’का निर्माता भन्छन्–‘व्यापार बढ्दैछ’

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लभ स्टेशन’को व्यापार सोमबारसम्म आइपुग्दा उकालो लागेको निर्माता गोविन्द शाहीले बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै निर्माता शाहीले भने–‘चलचित्र रिलिज भएसँगै झरीको प्रभावमा परेको थियो । अहिले मौसममा सुधार भएपछि दर्शकको चाप बढेको छ ।’ शाहीका अनुसार, सोमबार चलचित्रको व्यापार काठमाण्डौ बाहिर र भित्र सुखद छ । करिब २ करोड बजेटमा […]

‘रातो टिका निधारमा पैसाका कारण छाडेकी होइनँ’: जसिता गुरुङ

नायिका जसिता गुरुङले १० लाख पारिश्रमिक डिमाण्ड गरेका कारण चलचित्र ‘रातो टिका निधारमा’मा काम नगरेको चर्चा भैरहेको छ । तर, नायिका जसिता गुरुङले भने आफूले पारिश्रमिकका कारण यो चलचित्र नगरेको स्पष्ट पारेकी छिन् । मिडिया कुराकानीमा नायिका गुरुङले भनिन्–‘मैले रातो टिका निधारमा छाड्नुको कारण रकम होइन । मैले समाचारमा आएको भन्दा कम वा धेरै मागेकी […]

‘फ्राइडे रिलिज’: प्रदिप र जसिताको ‘लभ स्टेशन’

फ्राइडे रिलिज अन्र्तगत दर्शकले आजबाट चलचित्र ‘लभ स्टेशन’ हलमा हेर्न पाउनेछन् । आजबाट देशभरका हलमा यो चलचित्र रिलिज भएको हो । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चैत्र महिना लागेसँगै २ भन्दा कम चलचित्र रिलिज नभएको अवस्थामा आज भने ‘लभ स्टेशन’मा रिलिज भएको हो । चलचित्र ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् […]

मल्टिप्लेक्समा उच्च शो पाएको ‘लभ स्टेशन’ले कस्तो व्यापार गर्ला ?

लामो समयदेखि खडेरी लागेको नेपाली चलचित्रको व्यापारले नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा हल संचालक र चलचित्रकर्मीमा देखिएको छ । यही आशाका कारण नै काठमाण्डौका मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो पनि दिएका छन् । सर्वाधिक ठूलो चेन भएको क्यूएफएक्सले ५ वटा हलमा १९ शोज दिएपछि पनि यो कुराको पुष्टी […]

मैले जस्तै राजनीति सबैले गरे फिल्म क्षेत्रलाई फाइदा हुन्थ्योः प्रदिप(भिडियो)

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको दौडधुपले पनि के पुष्टी गर्छ भने चैत्रको २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ उनीहरुका लागि विशेष छ । यो बर्ष नै रिलिज भएको चलचित्र ‘रोज’ असफल भएका कारणले पनि प्रदिपका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ । प्रदिप र जसितासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ […]

र्याफिड फायरः पल र अनमोलमध्ये प्रदिपको रोजाइमा को ?(भिडियो)

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ अहिले चलचित्र ‘लभ स्टेशन’को प्रचारमा दौडिरहेका छन् । यो चलचित्र चैत्र २२ गतेबाट रिलिज हुँदैछ । गतबर्ष रिलिज भएको चलचित्र ‘लिलिबिली’बाट यो जोडी उदाएको हो । दोश्रो चलचित्र पनि चल्नेमा यो जोडी ढुक्क छ । अनलाइनखबरको ‘ओके र्याफिड फायर’मा कुराकानी गर्दै प्रदिप र जसिताले केही कुराहरु खोलेका छन् […]

प्रदिपको समाजसेवा

चलचित्र प्रमोशनका क्रममा रहेका नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले समाजसेवामा पनि हात अगाडि बढाइरहेका छन् । चैत्र २२ गते चलचित्र ‘लभ स्टेशन’ रिलिज हुँदैछ । प्रदिप र गोविन्दले ४५ जना अनाथ बालबालिकालाई निजी विद्यालयमा पढाउँला लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । काठमाण्डौको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा […]

प्रदिप र जसिता भन्छन्–‘हाम्रो बिहेको संभावना न्यून’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ प्रेममा रहेको चर्चा चलचित्र बजारमा चल्न थालेको केही समय भयो । विशेषगरि, चलचित्र ‘लिलिबिली’मा एकसाथ काम गरेपछि यो जोडी प्रेममा रहेको चर्चा चल्न थालेको हो । त्यसमाथि पनि चलचित्र ‘लभ स्टेशन’मा एकसाथ काम गरेपछि उनीहरुको प्रेमको चर्चा झनै फैलिएको छ । प्रदिप र जसिताका फ्यानहरुले यो जोडीले वास्तविक […]

प्रदिपसँग सल्लाहा माग्छु, तर निर्णय मेरै हुन्छः जसिता

नायिका जसिता गुरुङले तेश्रो प्रोजेक्टको रुपमा चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्न लागेको चर्चा छ । यो चलचित्रमा नायक धिरज मगर फाइनल भैसकेका छन् । धिरज र जसिताको जोडीलाई पर्दामा देखाउनका लागि निर्देशक रेनशा वान्तवा राई पनि खुबै लागिपरेकी छिन् । तर, यो चलचित्रमा काम गर्नका लागि जसितालाई नायक प्रदिप खड्काले रोकेको भन्ने हल्ला […]

‘लभ स्टेशन’मा प्रदिप र जसिताको प्रेम र विछोडको कथा

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई मुख्य रुपमा देखाइएको चलचित्र ‘लभ स्टेशन’को ट्रेलर आज सार्वजनिक भएको छ । चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र […]