Comments Add Comment

टेस्ला

List Grid
टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ […]

विद्युतीय कार बिक्रीमा टेस्लाको रेकर्ड, ३ महिनामै पाए पौने २ करोडले नयाँ कार

२३ चैत, काठमाडौँ । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले नयाँ कार निर्माण तथा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकको अनुमानलाई फेल खुवाउँदै टेस्लाले गत जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा पौने २ करोडभन्दा बढी विद्युतीय कार ग्राहकको हातमा पुर्‍याउन सफल भएको हो । चीनमा टेस्ला कारको मोडेल वाइ निकै लोकप्रिय बनेर माग उच्च हुनु […]

टेस्लामाथि चीनमा जासुसीको आरोप, सीईओ भन्छन् : प्रमाणित भए कम्पनी नै बन्द गर्छु

अमेरिकी विद्युतीय कार कम्पनीका टेस्लाका गाडीहरुले चीनमा जासुसी गरेको आरोपको कम्पनीका सीईओ एलन मस्कले खण्डन गरेका छन् । टेस्लाका गाडीहरुले चीनमा जासुसी गरेको प्रमाणित भएमा कम्पनी नै बन्द गरिदिने उनको भनाइ छ । चिनियाँ सेनाले चीनमा टेस्लाका कारमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएसँगै मस्कको यस्तो प्रतिक्रिया आएको हो । टेस्लाका कारमा जडान गरिएका क्यामराले संकलन […]

टेस्लाको शेयर घटेसँगै मस्कले गुमाए विश्वकै धनी व्यक्तिको उपाधि

१२ फागुन, काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्ला कम्पनीको शेयरको भाउ घटेसँगै कम्पनीका सीईओ एलन मस्कले पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको उपाधि गुमाएका छन् । टेस्लाको शेयर गत जनवरीको सुरुवातमा अहिलेसम्मकै सबैभन्दा उच्च ८८० डलरमा पुगेको थियो । त्यसयता कम्पनीको शेयरको भाउ २० प्रतिशतभन्दा धेरै घटिसकेको छ । विशेषगरी पछिल्लो एक सातामा टेस्लाको शेयरको […]

नयाँ अमेरिकी राष्ट्रपतिसँग किन खुसी छैनन् फेसबुक र टेस्ला ?

काठमाडौं । जो बाइडनले अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै ठूला प्रविधि कम्पनीले खुसी व्यक्त गरिरहेका छन् । एप्पल, गुगललगायत कम्पनीका सीईओले बाइडनलाई बधाई दिइसकेका छन् । बाइडनले पदभार ग्रहणसँगै गरेका विभिन्न घोषणालाई धेरैले स्वागत गरेका छन् । जलवायु परिवर्तन तथा आप्रवासीसम्बन्धी ट्रम्प प्रशासनका निर्णय उल्ट्याउने गरी बाइडनले गरेको निर्णयमा प्रविधि क्षेत्रका मानिसहरु खुसी छन् । […]

टेस्ला : कसरी बन्यो विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी

अमेरिकी विद्युतीय कार निर्माता टेस्ला अहिले विश्वकै सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । शुक्रबारसम्म यो कम्पनीको बजार पुँजीकरण सात खर्ब ७४ अर्ब डलर पुगेको छ । बजार पुँजीकरणको हिसाबमा हेर्ने हो भने टेस्ला सामाजिक सञ्जाल कम्पनी फेसबुकभन्दा पनि अगाडि देखिएको छ । यो विद्युतीय कार निर्माता विश्व बजारमा आएको लामो समय भने भएको छैन […]

महामारीमा सर्वाधिक कमाउने अर्बपतिहरुः अमेजनदेखि टेस्लाका मालिकसम्म

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश उद्योग व्यवसायहरु कतिपय ठप्प छन् भने कहीँ घाटामा चलिरहेका छन् । करोडौँ मानिसहरुका लागि महामारीले संकट सिर्जना गरेको छ, रोजगारी तथा व्यवसाय गुमेको छ । महामारीबाटै १६ लाख भन्दा धेरैको मृत्यु भैसकेको छ भने कैयन् मुलुकहरु आर्थिक संकटमा धकेलिएका छन् । तर दुनियाँका केही अर्बपति यस्ता छन्, जसलाई […]

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति

चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् । ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ । बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब ८० करोड डलरले बढ्यो […]

अमेजनको एकाधिकारप्रति टेस्लाका सीईओ असन्तुष्ट, भन्छन् – ब्रेकअप गर्ने बेला आयो

अमेरिकी कम्पनी टेस्ला तथा स्पेस एक्सका प्रमुख एलोन मस्कले हालै माइक्रो ब्लगिङ साइट ट्विटरबाट बिदा लिने घोषणा गरेर चर्चा कमाएका थिए । त्यो चर्चा सेलाउन नपाउँदै मस्कले फेरि अर्को तहल्का मच्चाएका छन् । उनले विश्वको सबैभन्दा ठूलो इ कमर्स कम्पनी अमेजनसँग ब्रेकअप गर्ने बेला आएको बताएका छन् । लेखक एलेक्स बेरेन्सनको ट्विटमाथि प्रतिक्रिया दिँदै उनले […]