Comments Add Comment

तस्करी

List Grid
हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने […]

दशगजाको दह नाघेर जोगबनी, रातिमा खोलैखोला तस्करी

४ कात्तिक, बिराटनगर । बिराटनगरसँग जोडिएको सीमावर्ती नाका सिल छ । तर भारतको जोगबनी आउ–जाउ गर्नेको संख्या घटेको छैन । बिराटनगर रानी भन्सार नाका सिल भएपनि चोरबाटो हुँदै तस्करी बढ्दो छ । मुख्य नाका सिल भएका कारण तस्करी गर्ने र दैनिक उपभोग्य सामाग्री खरिद गर्नेहरु जोखिम मोलेर जोगबनी पुग्ने गरेको प्रहरी बताउँछ । बिराटनगरको सीमावर्ती […]

तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द

२ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए । नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेपछि उनी सबैको तारो बनेका थिए […]

भारतीय नाकामा तस्करसँग बारम्बार झडप

२४ भदौ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा ओसार्दै गरिएको काठ नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि २१ भदौको राति ढुँगामुडा गरियो । स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको गोलिया काठ ओसार्न लागेको सूचना पाएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीमाथि झण्डै ७० जनाको समूहले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षक दिलिप राय र प्रहरी […]

तस्करीको राँगा बरामद गर्न रौतहटमा १५ राउण्ड हवाइ फायर

२९ साउन, रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका […]

गाडीमा गाँजा र अफिमसहित दुई जना पक्राउ

१६ माघ, चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । […]

झापाको सीमावर्ती क्षेत्रबाट औषधी तस्करी

१७ चैत, झापा । अवैध रुपमा भारतबाट नेपाल भित्रिँदै गरेको अवस्थामा प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको औषधी बरामद गरेको छ । झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मोटरसाइकल र मारुती भ्यानबाट ल्याउँदै गरेको औषधिसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाह्रदशी–४ का २४ वर्षीय सम्दान हुसेन, […]

सुन र सुपारीपछि मरिचको तस्करीः ‘ट्रान्जिट’ बन्दैछ नेपाल

१४ असार, काठमाडौं । अहिले अवैध रुपमा भित्र्याएर हुने सुन तस्करीमाथिको निगरानी सरकारको प्राथमिकतामा छ । तर, वैधरुपमा नेपाल भित्र्याएर भइरहेको मरिच तस्करीको स्वरुप पनि कम्ति भयावह छैन । यो वर्ष नेपालमा मरिचको आयात गत वर्षको भन्दा झडै ७ गुणाले बढेको छ । खपत नै हुन नसक्ने परिमाणमा आयात हुनुको मुख्य कारण हो, भारततर्फ भइरहेको […]

सुन र सुपारीपछि मरिचको तस्करीः ‘ट्रान्जिट’ बन्दैछ नेपाल

१४ असार, काठमाडौं । अहिले अवैध रुपमा भित्र्याएर हुने सुन तस्करीमाथिको निगरानी सरकारको प्राथमिकतामा छ । तर, वैधरुपमा नेपाल भित्र्याएर भइरहेको मरिच तस्करीको स्वरुप पनि कम्ति भयावह छैन । यो वर्ष नेपालमा मरिचको आयात गत वर्षको भन्दा झडै ७ गुणाले बढेको छ । खपत नै हुन नसक्ने परिमाणमा आयात हुनुको मुख्य कारण हो, भारततर्फ भइरहेको […]

छाला भन्दै झुक्याएर गरिन्छ मरिचको तस्करी

२२ जेठ, वीरगञ्ज । छाला भनेर वीरगञ्जस्थित मुख्य भन्सार नाकाबाटै मरिचको तस्करी गर्न खोजिएको रहस्य खुलेको छ । वीरगञ्ज भन्सार हुँदै शंकराचार्य गेट कटिसकेपछि ५० मिटर दक्षिण तर्फ एक ट्रक मरिच नियन्त्रणमा लिएपछि पर्सा प्रहरीले यस्तो जानकारी दिएको हो । सोमबार साँझ नेपालबाट भारततर्फ जाँदै गरेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रकमा १२ टन […]

चिम्पाञ्जीसहितका दुर्लभ पशुपंक्षी तस्करीका लागि नेपाली मार्गको प्रयोग

७ मंसिर, काठमाडौं । वन्यजन्तुको चोरी तथा तस्करीमा संलग्न गिरोहले चिम्पाञ्जीलगायत दुर्लभ पशुपंक्षीको ओसारपसारका लागि नेपाललाई ‘ट्रान्जिट पोइन्ट’ बनाइने गरेको खुलेको छ । भन्सार एजेन्ट र क्वारेन्टाइनका कर्मचारीसँगको सेटिङमा नेपाली मार्गको प्रयोग गरी दुर्लभ पशुपंक्षी तथा वन्यजन्तु भारत, चीन, बंगलादेशलगायत मुलुक पुर्‍याइने गरेको खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तस्करीमा संलग्न गिरोहलाई काठमाडौंबाट […]

चाडपर्वको मौकामा तस्कर सक्रिय

१ कार्तिक, बारा । चाड पर्वको मौका छोपी बाराका बिभिन्न नाकामा विभिन्न सामान तस्करहरु सक्रिय बनेका छन् । जिल्लाका नाकाहरुबाट तस्करहरुले भन्सार छली भारतीय सामान भित्र्याउने क्रम बढाएका छन् । चाडपर्वमा यस्ता अवैध कामहरु बढ्ने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले नाकाहरुमा विशेष निगरानी गरिएको बताए । उपरीक्षक बैदवारले पछिल्ल्ाो हप्तामात्रै […]

भारतबाट तस्करी गरी ल्याइँदै गरेको करोडौँ मूल्यको दाल बरामद

२० मंसिर, वीरगन्ज । सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल आज बिहान पर्सा प्रहरीले समातेको छ । भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब रु एक करोडभन्दा बढी मूल्यको साढे १३ सय बोरामा रहेको करिब ४० हजार किलो मासको दाल […]

नेपालबाट चीनतर्फ डलर तस्करी

४ असोज, काठमाडौं । नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन्। चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको स्रोतले बतायो । ‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘यहाँबाट […]

कपिलवस्तुमा अवैध रूपमा बालुवा निकासी, प्रहरी मिलेमतो रहेको स्थानीयको आरोप

२० जेठ, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीको विभिन्न घाटहरुबाट सशस्त्र प्रहरीकै मिलोमतोमा बालुवाको अवैध निकासी भैरहेको स्थानीयले आरोप लगाएका छन् । जिल्ला सीमा सुरक्षा कार्यालयसँगै जोडिएको वाणगंगा नदीको सगरहवा नाकाबाट रातको समयमा दर्जनौं ट्याक्टरले बालुवा निकासी गर्दा समेत सशस्त्र प्रहरी मौन बसेको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् । संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गर्दा रातको समयमा […]

नक्कली भारुको बजार बन्दै नेपाल

१० जेठ, काठमाडौं । नक्कली भारुको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई आफ्नो नयाँ बजार बनाउन थालेको छ । यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेकोमा ६ महिनायता कारोबार पनि हुने गरेको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ । प्रहरीले ठूलो मात्रामा नक्कली भारुसहित दुईवटा गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा नेपाली बजारमा ठूलो […]