+
+
Shares

सर्लाहीबाट भन्सार छलीका १ करोड ५८ लाखको सामान बरामद  

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोपस्थित तुलसी पशुपालन फर्ममा लुकाएर राखेको १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरेको छ।
  • बरामद गरिएका सामानमा ३१ पोका कपडा लगायतका सामग्री रहेका छन् ।

९ साउन, जनकपुरधाम । सर्लाहीबाट डेढ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले एक करोड ५८ लाख मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ ।

ईश्वरपुर नगरपालिका–२ राइटरखोपस्थित तुलसी पशुपालन फर्ममा लुकाएर राखेको तस्करीका कपडा लगायत सामान बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा खटिएको सुरक्षा गस्तीको टोलीले ३१ पोका कपडा लगायत सामान बरामद गरेको हो ।

बरामद गरिएका सामान १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको रहेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले जानकारी दिए ।

बरामद गरिएका सबै सामग्री भन्सार कार्यालय मलंगवामा दाखिला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?