Comments Add Comment

निरुता सिंह

List Grid
‘दाल भात तरकारी’को कन्सर्टमा दर्शकको बाक्लो सहभागीता

वैशाखको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को टिमले देशभरका १० शहरमा आफ्नो कन्सर्ट सम्पन्न गरेको छ । सोमबार काठमाण्डौको गंगबुमा कन्सर्ट आयोजना गर्दै टिमको निर्माणपक्षले दर्शकलाई चलचित्रप्रति रुची बढाएको छ । विर्तामोडबाट सुरु भएको कन्सर्ट काठमाण्डौमा आएर सम्पन्न भएको छ । गंगबुमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, नायक पुष्पल खड्का, […]

‘दाल भात तरकारी’को ट्रेलरमा अमेरिकाको दौडधुप

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक भएको ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा अमेरिका […]

‘दाल भात तरकारी’ अष्ट्रेलियामा महंगो रकममा विक्री

आउँदो बर्षको वैशाख २० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को विदेश माग पनि निकै छ । तर, यसको निर्माणपक्षले चलचित्रलाई ओभरसिजमा विक्री गर्न केही समय लगाएको थियो । अब, भने चलचित्रको ओभरसिज राइट्स विक्री सुरु भएको छ । निर्माता किरण केसीका अनुसार अष्ट्रेलियामा चलचित्र निकै महंगो रकममा विक्री भएको छ । […]

रिलिज अगावै करोड क्लबमा ‘भिजिट भिषा’मा

चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिषामा’ले एक करोड भ्युज पाएको छ । युट्युबमा रिलिज भएको ४५ दिनमा यो गीतको भिडियोले एक करोड दर्शक पाएको हो । गीतको भिडियोमा लाइक गर्नेको संख्या ६८ हजार भन्दा बढी छ भने डिसलाइक गर्नेको संख्या ४ हजार ८ सय छ । भिडियोमालाई ५ हजार भन्दा बढी दर्शकले प्रतिक्रिया दिएका […]

निरुता सिंहलाई डेंगु

केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ । लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो । निरुता केही […]

निरुता, दिलिप र उत्तमको हिट जोडी फेरि पर्दामा

नायकद्धय दिलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले एकसाथ काम गरेको चलचित्र ‘दर्पण छाया’ले आज भन्दा करिब १८ बर्ष अगाडि नेपाली बक्स अफिसमा धमाका नै मच्चायो । यो गीतले ३ कलाकारलाई नयाँ परिचय पनि दिएको थियो । यही चलचित्रको नामको पछाडि २ राखेर निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाया २’ पनि बनाए । तर, […]

‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’मा भूवन, निरुता र अनमोलको डान्स

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘कर्ली कर्ली कपाल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा लोकलयको यो गीत सार्वजनिक गरिएको हो । एउटा खेलाडीको सफलतापछि गाउँमा हुने सेलिव्रेशनको थीममा यो गीत खिचिएको छ । रेनशा वान्तवा राइले यो भिडियोको कोरियोग्राफी गरेकी हुन् । गीतमा मेलिन राई र एसडी योगीको स्वर, एसडी योगीकै […]

निरुताको ‘कर्ली कपाल’मा जब भूवन र अनमोलको दिल बस्यो(फोटो फिचरसहित)

सोमबार ललितपुरको एक पार्टी प्यालेसमा पुग्दा चारैतिर बत्तीको झिलिमिली थियो । ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवा बलसँग खेल्दै थिए । त्यही विचमा उभिएका थिए, नायक अनमोल केसी उर्फ इशान खड्का । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनमा यस्तो माहोल देखिएको हो । अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा […]

निरुतासँग फोटो खिच्दा सुनिल र प्रशान्तले के भने ?

शुक्रबार आयोजना भएको चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका निरुता सिंह पुग्दा उनीसँग फोटो खिच्ने क्रममा कलाकार सुनिल थापा र प्रशान्त ताम्राकारले रमाइलो गरे । सुनिल र निरुताले केही चलचित्रमा एकसाथ काम गरेका छन् । सुनिल थापाले निरुतालाई भेट्दा लामो समयपछि भेट भयो भन्दै फोटो खिच्न तम्सिए । मुम्बइमै बसेतापनि निरुता र सुनिलको भेट खासै […]

‘भिजिट भिसा’मा गीतले बढायो ‘दाल भात तरकारी’को कौतुहलता

शुक्रबार सार्वजनिक भएको चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसा’मा बोलको गीतले युटुबमा मात्र होइन, टिकटकमा पनि राम्रै चर्चा पाइरहेको छ । अहिले टिकटकमा चलचित्रको गीत हिट हुँदा निर्माताहरु यसले चलचित्रलाई फाइदा पुग्ने सोच्छन् । चलचित्रका निर्माता किरण केसीले यो गीतलाई टिकटकमा पनि खुबै रुचाइएको र दश हजार भन्दा बढी भिडियो बनेको दाबी गरेका छन् । […]

५ लाख पारिश्रमिकबारे निरुता भन्छिन्–‘फिल्ममा मलाई लिनैपर्छ भन्ने जर्बजस्ती छैन’

चलचित्र ‘हजार जुनी सम्म’मा ५ लाख पारिश्रमिक मागेका कारण नायिका निरुता सिंह र यो चलचित्रको निर्माण यूनिटविच कुरा मिलेन । निरुता यो चलचित्रमा काम नगरी मुम्बई उडिन् । तर, उनै निरुता अहिले नेपाल आएकी छिन् । नेपाल आउँदै गर्दा निरुताले चलचित्रका लागि ५ लाख मागेको बिषयमा जवाफ पनि दिएकी छिन् । निरुताले भनिन्–‘यो चलचित्रमा पारिश्रमिकको […]

‘क्याप्टेन’ गीतमा भूवन र अनमोलसँग निरुताको छमछमी

नायिका निरुता सिंहले केही समय अगाडि एउटा कार्यक्रममा नायक अनमोल केसीसँग काम गर्ने चाहना व्यक्त गरेकी थिइन् । जतिबेला, निरुताले कुनै पनि नेपाली चलचित्रमा काम गरेकी थिइनन् । अब, उनै निरुताले नायक अनमोल केसीसँग काम गर्ने भएकी छिन् । फागूणको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’मा एक गीत समावेश गरिएको छ, जसको छायांकन केही […]

हरिवंश र निरुताको ‘भिजिट भिसा’मा सार्वजनिक

  चलचित्र ‘दाल भात तरकारी’मा समावेश प्रतिक्षित गीत ‘भिजिट भिसामा’ सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रमा समावेश लोक लयको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द छ । यो गीतले चलचित्रको भावलाई समेत बोकेको छ । […]

निरुताको डिमाण्ड ५ लाख

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् । यो चलचित्रमा छोटो भूमिकामा काम गर्दा उनले १ लाख पारिश्रमिक पाएकी थिइन् । यसपछि, उनले अर्को चलचित्र ‘दाल भात तरकारी’मा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी छिन् । चलचित्रमा उनी कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् । तर, नायिका […]

के निरुता उत्तमसँग काम गर्न चाहन्नन् ?

पछिल्ला विकसित केही घटनाक्रमलाई हेर्ने हो भने नायिका निरुता सिंहले आफ्ना पुराना सहकर्मी कलाकार उत्तम प्रधानसँग काम गर्न नचाहेको देखिएको छ । उत्तम र निरुतलाई चलचित्रमा एकसाथ देखाउने निर्देशकको चाहना बारम्बार असफल भएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’मा निरुता र दिलिप रायमाझी एकसाथ देखिएका थिए । निरुताले नायक उत्तम प्रधानसँग चलचित्र ‘दर्पणछाया, लहना’मा […]

निरुताले छाडेपछि ‘हजार जुनी सम्म’मा संचिता, विकाससँग सुध्रिएको हो सम्बन्ध ?

नायिका निरुता सिंह अहिले चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन् । यो चलचित्रको छायांकनमा रहेकाले पनि नायिका निरुताले अन्य चलचित्रलाई समय दिन नसकेको देखिएको छ । नायिकाले यो चलचित्रमा काम गरेपछि निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको ‘हजार जुनी सम्म’मा उनले काम गर्ने कुरा थियो । तर, अब निरुताले यो चलचित्रमा काम गर्न नसक्ने भएकी […]

फिल्म क्षेत्रसँग मन दुखाउँदै मुम्बई हानिएकी निरुता

सानैदेखि नाच्न मन पराउने निरुता सिंहको एक मात्र सपना थियो, तुलसी घिमिरेको चलचित्रको हिरोइन बन्ने । अफिसको कुर्सीमा बसेर काम गरौंला भन्ने त उनले सोचेकी पनि थिइनन् । उनलाई दिनभर अफिस बसेर काम गर्ने भनेको सुन्दा पनि दिक्दार लाग्थ्यो । निरुता भन्छिन्–‘मलाई अफिसमा बसेर काम गर्छु भन्ने अलिकति पनि थिएन । सानैदेखि हिरोइन बन्ने सोच […]

मलाई दर्शकले घरकी ‘लक्ष्मी’ सोच्नुहुन्छः निरुता सिंह

८ बर्ष अगाडि निरन्तर चलचित्र असफल हुँदै गर्दा नायिका निरुता सिंहले यो क्षेत्र नै छाड्ने निर्णय गरिन् । उनले चलचित्र क्षेत्र छाडेपछि, दर्शकले उनको कमब्याकको प्रतिक्षा गरे । उनै, निरुताले चलचित्र ‘दाल भात तरकारी’बाट बलियो कमब्याक गर्ने तयारी गरेकी छिन् । चलचित्र क्षेत्रमा कमब्याको तयारीमा रहेकी नायिका निरुता सिंहसँग अनलाइनखबरका लागि ‘विजय आवाज’ले गरेको कुराकानीः […]

गणतन्त्र पार्कमा पुष्पल र आँचलको ‘भिजिट भीसामा’(फोटो फिचरसहित)

निर्माण सम्पन्न भैसक्दा पनि अझै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा पहिलो पटक नेपाली चलचित्रको छायांकन गरिएको छ । वैशाख १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भीसा’मा बोलको गीत गणतन्त्र पार्कमा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । यो गीतको भिडियोमा चलचित्रका सबै […]

हरिवंशको अंगालोमा निरुता र बर्षा

काठमाण्डौको मह स्टूडियोमा पुग्दा चलचित्र ‘दाल भात तरकारी’को छायांकन भैरहेको थियो । काठमाण्डौ बाहिरको करिब ४० प्रतिशत छायांकन सकेर यो चलचित्रको टिम काठमाण्डौ आएको हो । काठमाण्डौमा सुरु भएको छायांकनमा नायिका बर्षा राउत पनि आवद्ध भएकी छिन् । मह स्टूडियोमा जारी छायांकनमा नायिका निरुता सिंह र बर्षा राउत चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यको साथमा देखिए […]

‘हजार जुनी सम्म’मा निरुता फाइनल

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’बाट करिब ८ बर्षपछि चलचित्रमा कमब्याक गरेकी थिइन् । निरुतालाई यो चलचित्रको केमियो कमब्याक अहिले फलिफाप भैरहेको छ । कारण, निरुताले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनै निरुता अहिले चलचित्र ‘दाल भात तरकारी’मा काम गरिरहेकी छिन् । उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो, तर […]