+
+
Shares

‘भिजिट भिसामा’ गीत एकाएक चर्चामा, भ्यूज ४ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयको ‘भिजिट भिसा’ प्रकरणले संसद् र राजनीतिक क्षेत्रलाई प्रभावित बनाएको छ।
  • ६ वर्षअघि रिलिज भएको गीत ‘भिजिट भिसामा’ अहिले राजनीतिक विवादसँग जोडिएर भाइरल भएको छ।
  • गीतको युट्युब भ्यूज ४ करोड ९ लाख नाघेको छ र यसले राजनीतिक मुद्दासँग जोडिएको छ।

काठमाडौं । घरेलु राजनीतिमा यतिबेला ‘भिजिट भिसा’ प्रकरण चर्किएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न रहेको बताउँदै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध जारी राखेका छन् ।

यस्तोमा, ६ वर्षअघि युट्युबमा रिलिज भएको हरिवंश आचार्य अभिनित गीत ‘भिजिट भिसामा’ एकाएक चर्चामा आएको छ । फिल्म ‘दाल भात तरकारी’मा समावेश यो गीतमा हरिवंशसहित निरुता सिंह लगायतले अभिनय गरेका छन् ।

राजनीतिमा भिजिट भिसाको मामिला चर्किएपछि अहिले यो गीतमा टिकटक र रिल्स बनाउनेको संख्या पनि बढेको छ । धेरैले यो गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर भाइरल बनाइएको छ ।

जसले गर्दा, युट्युबमा यो गीतको भ्यूज पनि ह्वात्तै बढेको छ । यसैसाता मात्र यो गीतको भ्यूज ४ करोड ९ लाख नाघेको छ । भिजिट भिसा प्रकरण चर्किएसँगै यसको प्रभाव गीतको भ्यूजमा देखिन्छ । जसले गर्दा भ्यूज संख्या नै ४ करोड नाघेको हो ।

यति मात्र होइन, केही दिनअघि कोशी प्रदेशको सभामा माओवादी सांसदले यो गीत गाउँदै गृहमन्त्रीको राजीनामा मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?