+
+
Shares

फिल्म खेल्न काठमाडौं आइपुगिन् निरुता, ‘३६ को आँकडा’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री निरुता सिंह आगामी फिल्म ‘३६ को आँकडा’को छायांकन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
  • निरुताले भनिन्, ‘अब म कहिँ पनि जादिनँ । निरन्तर नेपाली फिल्ममा काम गर्छु ।’
  • निर्देशक सविर श्रेष्ठले निरुतालाई ‘चाहिने भूमिका’का लागि फिल्ममा समावेश गरेको खुलाए।

काठमाडौं । रेखा थापाको आगामी फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्न अभिनेत्री निरुता सिंह काठमाडौं आइपुगेकी छन् ।

यो फिल्मको छायांकन सोमबारदेखि सुरु हुँदैछ । मुम्बईबाट आइतबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी उनले केही मिडियासँग कुरा गर्दै आफू उत्साहित रहेको बताइन् ।

निरुताले भनिन्, ‘अब म कहिँ पनि जादिनँ । निरन्तर नेपाली फिल्ममा काम गर्छु । बीचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कही पनि जान्नँ ।’

निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने बताइन् । यसबीच केही फिल्मबाट प्रस्ताव आएपनि विभिन्न कुरा नमिलेर काम गर्न नपाएको उनको भनाई छ ।

यो फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए ।

निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्, ‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ ।’

‘यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई आग्रह गरेका हौं’ उनले भने ।

यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्काको पनि अभिनय हुनेछ ।

रेखा र निरुताले फिल्म ‘दुई पल’पछि एकसाथ पर्दा सेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।

नायिका सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । अब भने उनी सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?