+
+
Shares

निरुता सिंह-उत्तम प्रधान पर्दामा पुनः एकसाथ, साइन गरे ‘महादशा’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान आगामी फिल्म 'महादशा'को शीर्ष कलाकारमा अनुबन्धित भएका छन्।
  • निर्माता किरण नेपालीको डेब्यू निर्देशन रहने फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गर्नेछ।
  • हिपहप कलाकार हाकिम गुरुङले फिल्म 'महादशा'मा अभिनय डेब्यू गर्नेछन् र प्रमोद अग्रहरि र प्रेमा लामगाढे पनि छन्।

काठमाडौं । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान आगामी फिल्म ‘महादशा’को शीर्ष कलाकारमा अनुबन्धित भएका छन् ।

यी दुई एक्टरसँग निर्माताले लिखित सम्झौता गरेको प्रेषित विवरणमा जनाइएको छ । यी दुई कलाकार कालजयी फिल्म ‘दक्षिणा’को जोडीको रुपमा अहिले पनि लोकप्रिय छन् ।

यी दुई कलाकारको कास्टिङबारे निर्माताले भनेका छन्, ‘पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतारचढाव आइरहेका बेला ठूलो नाम र अनुभव भएका कलाकारको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ ।’

यी दुईजनाले पछिल्लो पटक सन् २००४ मा रिलिज भएको फिल्म ‘सन्तान’मा एकसाथ अभिनय गरेका थिए । गतवर्ष काठमाडौंमा एक म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए ।

निर्माता समेत रहेका किरण नेपालीको डेब्यू निर्देशन रहने यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने जनाइएको छ ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मबाट चर्चित हिपहप कलाकार हाकिम गुरुङले पनि अभिनयमा डेब्यू गर्नेछन् । यीबाहेक प्रमोद अग्रहरि र प्रेमा लामगाढे पनि छन् ।

मनिष गौतमको पटकथा रहेको फिल्ममा राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन् । लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?