Comments Add Comment

नेपाल-चीन

List Grid
नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् । दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् । During today’s […]

चीनले भारततर्फ संकेत गर्दै भन्यो – चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन

१८ मंसिर, काठमाडौं । भारततर्फ संकेत गर्दै चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भनिन्,’मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि […]

व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत

१३ असोज, काठमाडौं । अपसी सहमितमा व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत भएका छन् । नेपाल-चीन व्यापार संयुक्त कार्यदलको मंगलबार सम्पन्न भचुर्अल पहिलो बैठकमा यस्तो समझदारी बनेको उद्योग वाणिज्य तथा अपिर्ति मन्त्रालयले जनाएको छ । ‘आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण गर्न दुबै मुलुक सहमत भएका छन्,’ बार्तामा सहभागी मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले […]

नेपाल–चीन व्यापारमा भाषा विवाद, निर्यात अवरुद्ध

२ पुस, काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ । नेपाल र चीनबीच वाणिज्य तहमा खाद्यवस्तु आयात र निर्यातमा सहजीकरण गर्न भएको सम्झौताविपरीत चिनियाँ पक्षले नयाँ नियम लागू गरेको हो । खाद्यवस्तुको […]

नेपाल-चीन उर्जा संयन्त्रको पहिलो बैठकको मिति तय

२५ भदौ, काठमाडौं । नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको टुंगो लागेको छ । दुवै पक्षको सहमतीअनुसार संयन्त्रको पहिलो द्वीपक्षीय बैठक सेप्टेम्बर २७ र २८ मा काठमाडौंमा हुने भएको हो । चिनियाँ पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसंग आग्रह गरेको छ । उर्जामन्त्री बर्षमान पुनसहित उर्जामन्त्रालयका उच्च अधिकारी सम्मिलित आईतबार […]

ओलीको परराष्ट्र नीतिः चीनतिर कि भारततिर ?

१० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुनु १५ दिनअघि १८ माघमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । ओली प्रधानमन्त्री बनेको पाँच दिनपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ येचाऊ काठमाडौं उत्रिए । संयोगवस, यी दुवै भ्रमणको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन । भारतीय विदेश मन्त्री स्वराजलाई […]

नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु, यस्ता छन् एजेन्डा

६ असार, काठमाडौं । नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको उक्त छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र […]

पोखरा विमानस्थलको प्रधानमन्त्रीले अाज शिलान्यास गर्ने

१ वैशाख, काठमाडौं । बहुप्रतिक्षित पोखरा अन्तराष्ट्रिय विमानस्थलको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी ओलीले दिउँसो ११ बजे भव्य समारोहबीच विमानस्थल शिलान्यास गर्दैछन् ।

विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि निर्माण कार्य सुरु गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा प्रमुख दलका शीर्षस्थ नेताहरु, मन्त्री, सांसद, उच्चअधिकारी तथा पोखरेलीहरुको ठूलो सहभागिता रहने बताइएको छ ।

बेइजिङमा नेपाल र चीनबीच १० वटा सम्झौता, बन्ने भो पोखरा विमानस्थल

८ चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको छ । नेपाल र चीनले पारवहन सम्झाता रेका छन् । सम्झौता पत्रमा […]