Comments Add Comment

पशुपतिनाथ मन्दिर

List Grid
साउनको पहिलो सोमबार पशुपति नखुल्ने, बाहिरैबाट दर्शन गर्नुपर्ने

४ साउन, काठमाडौं । यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु […]

पशुपति दर्शन खुला गर्ने तयारी

२८ असार, काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर दर्शन खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । अब मुलुक बिस्तारै कोभिड-१९ को त्रासबाट माथि उठ्दै गरेको र […]

पशुपतिको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको सम्पत्तिमा व्यक्ति तथा समूहहरुले आँखा गाडेको बताएका छन् । आइतबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले निजी स्वार्थका लागि पशुपतिनाथको सम्पत्तिमा हानी पुर्‍याउने कार्य नियन्त्रण गर्न समेत निर्देशन दिएका छन् । पशुपतिनाथका विभिन्न स्थानमा रहेका जग्गाको अतिक्रमणबारे निर्देशन दिँदै मन्त्री […]

चोरी भए पशुपतिका फूल

१० फागुन, काठमाडौं । महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई फूलैफूलले सजायो । दिनभर मानिसहरु त्यही फूलको सजावट अगाडि उभिएर फोटो खिचे । रातभर पशुपतिमा तामझाम भयो । तर, भोलिपल्टै बिहान विरक्त लाग्दो दृष्य देखियो । किनभने सजाइएका फूलहरु गायब थिए । ‘यो सजावट बाँदरबाट […]

पशुपति क्षेत्रका टहरा शिवरात्रिपछि हटाइने

७ फागुन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले फूलमाला बेच्ने टहरा भत्काउने निर्णय कार्यान्वयनका लागि शिवरात्रिपछिसम्म भाका सारेको छ । कोषले पशुपति मन्दिरको सौन्दर्य बिगार्ने गरी सञ्चालित टीनका टहराहरु भत्काउने निर्णय झण्डै एक महिनाअघि नै गरेको थियो । तर, एक महिनासम्म पनि निर्णय कार्यान्वयन नगरेको कोषले शिवरात्रिमा पशुपति झनै कुरुप बन्ने भन्दै शिवरात्रि पछिसम्म भाका […]

पशुपतिनाथ मन्दिरमा ९ किलो सुन, एक अर्ब २९ करोड नगद

२२ जेठ, काठमाडौं । पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण अध्ययन समितिले दिएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ । समितिका अनुसार यो २०१९ देखि २०७५ […]

पशुपतिमा २५ करोडः चार वर्ष अघिको मोदीको बाचा अझै पूरा भएन

२९ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन गरेर फर्किएपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न जाने भएका छन् । मुक्तिनाथबाट शनिबार बिहान साढे दश बजे प्रधानमन्त्री मोदी पशुपतिनाथ आउने कार्यक्रम छ । मोदीले पशुपतिनाथमा गर्ने विशेष पूजा एवं दर्शनको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका […]

यस्तो बन्दै छ अमेरिकामा पशुपतिनाथ मन्दिर

२६ अप्रील, अमेरिका । साउदर्न क्यालिफोर्निया बासी नेपालीहरुले निर्माण गर्न लागेको पशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले नर्वाल्क सिटिमा चर्च किनेर सोलाई मन्दिरमा परिणत गर्नको लागि मर्मत सम्भारको कार्य भईरहेको छ । मन्दिरको लागि भवन खरिद पश्चात विभिन्न समस्याहरू आइपरेकोले निर्माण कार्य ढिलाई भएको थियो । पशुपतिनाथ फाउनडेसनका अध्यक्ष भक्त थापाले […]

पशुपतिमा भारतीय भट्टहरुको लुटतन्त्र छ

  पशुतिनाथमा सयौं नेपाली ब्राह्मण १००/५० रुपैयाँ र केही माना चामलका लागि रुमाल थापेर बस्दै आएका छन् । त्यो पनि भित्र होइन, मन्दिर बाहिर । तर, भित्र भारतीय भट्टहरुको शासन छ । लुटतन्त्र छ । मैले एक साता एक्लै श्रीपशुपतिनाथको पूजा गरें । कुनै सहयोग विना नै । ती दिनमा मैले कुनै विधि छोडिनँ । […]