Comments Add Comment

पाथीभरा

List Grid
पाथीभरा क्षेत्रमा आगो लागेपछि दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

१५ पुस, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा (रातो हाब्रे) सङ्कटमा परेको छ । छ दिनदेखि लागेको डढेलो पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट […]

पाथीभरा : धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम

पाथीभरा, अर्थात् धार्मिक आस्थाको धरोहर । यद्यपि त्यहाँ धार्मिक पर्यटकहरुको मात्र घुइँचो लाग्दैन, मनोरम प्रकृतिमा मग्न हुने अभिलाषा बोकेर पनि अनगिन्ती पाहुना त्यहाँ पुग्छन् । पाथिभराले केवल धार्मिक आस्था र विश्वासलाई मात्र समेटेर उभिएको छैन, पूर्वको पर्यटनलाई पनि टेवा पुर्याइरहेको छ । म पनि पटक–पटक यसरी नै पाथिभराको चुचुरो उक्लिएको छु । यसपालि चौथो पटक […]

संस्मरण : पाथीभरालाई कम्युनिस्ट किताब

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको पूर्वपट्टि खोरुङ्गा खोला बग्छ । त्यस खोलाको पूर्वपट्टिको भिरालो पाखो नै मेरो जन्मथलो हो । सिँचाइको असुविधा र बलौटे माटोका कारण उब्जनी कम हुने भएकोले जति खनीखोस्री गरे पनि बाह्रै महिना हातमुख जोड्न धौधौ पर्दथ्यो । आजजस्तो आय–स्रोतका अन्य बाटा नहुँदा आफ्नोमात्र जमीनको उब्जनीले बाँच्न प्रायः असम्भव हुन्थ्यो । मेरोजस्तो बाहुन […]

फागुनमा पाथीभरा महोत्सव हुने

२२ माघ, काठमाडौं । नेपालको सबैभन्दा उचाइमा रहेको पाथीभरा मन्दिरमा फागुनमा पाथीभरा महोत्सव हुने भएको छ । सोमबार काठमाडौंको पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन एक, दुई र तीन गते त्रिदिवसीय पाथीभरा पर्यटन महोत्सव हुने जानकारी दिइएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयाँ […]

पाथीभरा क्षेत्रमा मदिरा निषेध, जबरजस्ती बेचे कारबाही

४ वैशाख, ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक स्थलमा भइरहेको मदिरा बिक्री–वितरणले विकृति बढाएको भन्दै प्रशासनले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो । तीर्थयात्रिलाई सेवा दिन पाथीभरा क्षेत्रमा होटल खुलेका भए पनि उनीहरुले मदिराको खुलेआम बिक्री–वितरण गर्दै आइरहेका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नरबहादुर खड्काले पाथिभरा […]

पाथीभरामा तिर्थयात्रीसँगै घुम्न आउने बढे (फोटो फिचर)

१२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा पछिल्लो समय हिमालको मनोरम दृष्य हेर्ने पर्यटकको पनि भिड लाग्न थालेको छ । केहि समय अघिसम्म पाथीभरा मन्दिरमा दर्शन र पूजा पाठका लागि मात्र तिर्थयात्री आउने गरे पनि अहिले यस क्षेत्रबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल लगायत पर्यटकीय क्षेत्रको अवलोकनका लागि पनि दैनिक आन्तरीक तथा […]

पाथीभरा यात्रा सहजताका लागि सुविधायुक्त लठ्ठी

२० साउन, ताप्लेजुङ । प्रशिद्ध तिर्थस्थल पाथीभरामा दर्शनका लागि आउने तिर्थयात्रीले पैदल यात्रा गर्दा सुविधा युक्त (फोल्डिङ, ट्रेकिङ स्टिक) लठ्ठी टेक्न पाउने भएका छन् । पाथिभराको विकासका लागि गठित सरकारी समिति पाथिभरा क्षेत्र विकास समितिले पाथीभरामा तिर्थयात्रिको चाप हुने महिना भदौ एक गतेबाट तिर्थयात्रिलाई टेक्ने लठ्ठी वितरण गर्न लागेको हो । पाथीभरा मन्दिर पुग्न तिर्थयात्रिले […]

पाथीभरा मन्दिर १७ दिनमै २० लाखभन्दा बढी भेटी संकलन

२८ जेठ , ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु […]

पाथीभरामा विदेशी नोट, कर्मचारीले पैसा चिनेनन् !

७ वैशाख, ताप्लेजुङ । मंसिरदेखि रोकिएको ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथिभराको भेटी चार महिनापछि गनेर बैंकमा जम्मा गरिएको छ । तर, विभिन्न देशका २० वटा नोटहरु भने कुन देशका हुन् भनेर कर्मचारीले पत्तो लगाउन नसकेपछि राष्ट्र बैंकलाई सोधिने भएको छ । पाथभिरामा मंसिरयता ४ महिनामा ९ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिरको भेटी स्थानीय […]