 
																			१३ फागुन, काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले ताप्लेजुङको पाथीभरामा केवलकाल निर्माणको विषयलाई लिएर सरकारले गरेको हस्तक्षेपलाई स्थानीयले आतंकको संज्ञा दिएको बताएकी छन् ।
‘पाथीभरा क्षेत्रमा भएको विवादलाई स्थानीयले आतंकको संज्ञा दिएका छन् । स्थानीय जनताले उक्त क्षेत्रमा केवलकार बन्न हुँदैन भनेका छन्’ उनले भनेकी छन्, ‘स्थानीय जनताको सहमतिबिना जबरजस्ती परियोजना अगाडि बढाउन खोजिएकोले मुकुम्लुङ अहिले तनावग्रस्त बनेको छ ।’
प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्थानीयसँग सहमति र समन्वय गरेर मात्रै अगाडि बढ्न सरकारलाई आग्रह गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4