+
+
Shares

झरी झेल्दै पाथीभरा दर्शन (तस्वीरहरु)

यसपालि वैशाखदेखि यता हरेक दिन प्रायः पानी परिरहेको छ । सुकेटारदेखि काफ्लेपाटीको कच्ची सडकमा कन्तबिजोक छ । तर दर्शनार्थीहरू पाथीभरा देवी दर्शनका लागि पुगिरहेका छन् ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ जेठ ५ गते ६:३०

५ जेठ, ताप्लेजुङ । सुकेटारबाट कच्ची बाटो छिचोलेर काफ्लेपाटी हुँदै पाथीभरा देवीको दर्शनका लागि उकालो हिँड्नेहरूको सङ्ख्या बाक्लो थियो ।

कुहिरो मडारिरहेका बेला कोही दर्शन गरेर खुसीसाथ फर्किरहेका देखिन्थे भने कोही उकालो चढ्न मेहेनत गरिरहेका थिए ।

यसपालि वैशाखदेखि यता हरेक दिन प्रायः पानी परिरहेको छ । सुकेटारदेखि काफ्लेपाटीको कच्ची सडकमा कन्तबिजोक छ । तर दर्शनार्थीहरू पाथीभरा देवी दर्शनका लागि पुगिरहेका छन् ।

मौसम प्रतिकूल भएपनि पाथीभरा आउने-जाने क्रम जारी छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा ५२ हजार २ सय २८ जनाले दर्शन गरेका छन् । उक्त अवधिमा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ लाख ८० हजार ३ सय ६ जनाले दर्शन गरेको र २ करोड ९६ लाख ४२ हजार ६ सय रुपैयाँ भेटी सङ्कलन भएको समितिको तथ्याङ्क छ ।

 

 

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?