+
+

पाथीभरा र मुकुम्लुङको विवादमा सरकारले सिधै जनतामाथि बल प्रयोग गर्‍यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १४:४५

२४ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ(पाथिभरा)मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् ।

बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् ।

उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्‍न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु। ‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?