 
																						माइतीघरमा 'नो केबुलकार समूह' को विरोध प्रदर्शन								
											२१ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।
नो केबुलकार समूहले सरकारसँग वार्ता गर्न प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य छन् । उक्त समूहले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनबारे जानकारी गराएको हो ।
सरकारले केबुलकार निर्माण गर्ने क्रमममा उत्पन्न विवाद समाधान गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।
सोमबार काठमाडौंको माइतीघरमा विभिन्न प्लेकार्डसहित केबुलकार विरोधी समूहले प्रदर्शन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4