Comments Add Comment

पीएम कप

List Grid
पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

टस हारेर पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ

१४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरिरहेको छ । एपीएफले टिममा दुई परिवर्तन गरेको छ । भेट्रान बसन्त रेग्मी र किशोर महतो […]

पुलिसलाई सेमिफाइनल पुग्न १७० लक्ष्य

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत मुलपानी मैदानमा जारी खेलमा प्रदेश २ ले नेपाल पुलिसलाई १७० रनकाे लक्ष्य दिएकाे छ । ४७ ओभरमा घटाइएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे प्रदेश २ ले ९ विकेट गुमाएर १६९ रन बनाएकाे हाे । प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन […]

पीएम कप : आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]

पीएम कपमा समूह चरणका अन्तिम खेल आज, आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा […]

पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत टीयू मैदानमा भइरहेको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए । […]

पीएम कप क्रिकेटमा लुम्बिनीको दोस्रो जित, सेमिफाइनल सम्भावना कायमै

१० माघ, काठमाडौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियवगितामा लुम्बिनीले दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको लुम्बनीले ३ खेलबाट ४ अंक जोडेको छ । साथै लुम्बिनीले सेमिफाइनल सम्भावना कायम राखेको छ । बागमती ३ खेलबाट ६ अंक जोड्दै शीर्ष […]

पीएम कप क्रिकेट : एपीएफ टस जितेर ब्याटिङ गर्दै

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरुभएको छ । खेलमा उपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ । एपीएफले आज पहिलो रोजाइका तीन खेलाडीलाई आराम दिएको छ । आसिफ शेख, प्रदीप ऐरी […]

पीएम कप क्रिकेटमा एपीएफसँग कर्णाली र लुम्बिनीसँग सुदूरपश्चिम खेल्दै

१० माघ, काठमाडौं  । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । समूह ए बाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ । […]

पीएम कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् । जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो । साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो । त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]

पीएम कप क्रिकेटमा पुलिस र सुदूरपश्चिम तथा आर्मी र प्रदेश १ खेल्दै

७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता पुलिस र सुदूरपश्चिम बिचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । समूह बी मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छ । पुलिस र सुदूरपश्चिम दुवै आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो । साविक विजेता पुलिसमा […]

पीएम कप : प्रदेश २ विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज दुई खेल हुँदैछ । त्रिवि मैदानमा हुने खेलमा लुम्बिनी प्रदेशले टस जितेर प्रदेश २ विरुद्ध ब्याटिङ गरिरहेको छ । यस्तै मुलपानीमा हुने खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको छ ।

पीएम कपमा गण्डकीका विशालले लिए ह्याट्रिक विकेट

५ माघ, काठमाडौं । गण्डकी प्रदेशका विशाल पाैडेल चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम) पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा ह्याट्रिक विकेट लिने पहिलाे खेलाडी बनेका छन् । विशालले मुलपानी क्रिकेट मैदानमा भइरहेकाे खेलमा प्रदेश १ विरुद्ध लगातार ३ विकेट लिएर उक्त सफलता हात पारेका हुन् । उनले राजन मगर, मनाेज तामाङ र हेमन्त राईलाई २८ औं ओभरकाे […]

पीएम कप : सुदूरपश्चिमविरुद्ध टस हारेर बागमती ब्याटिङमा

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल अहिले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको छ । समूह ए अन्तर्गत खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि बागमती पहिले ब्याटिङ गरिरहेको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार […]

पीएम कपमा दुई खेल : बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदैछ । समूह क मा रहेका बागमती र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय मैदानमा हुनेछ । पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको बागमती टिमको आत्मविश्वास बढेको छ र जित यात्रा कयाम राख्न […]

पीएम कपमा आर्मीको लगातार दोस्रो जित

४ माघ, काठमाडौं । विभागीय टोली भित्रुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ए को खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । आर्मीले उद्घाटन खेलमा गण्डकीलाई ९८ रनल पराजित गरेको थियो । ब्याटिङमा अनिल मण्डलको […]

पीएम कप क्रिकेट : टस हारेर बागमतीविरुद्ध ब्याटिङ गर्दै पुलिस

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने समूह्य बी को खेलमा साविक विजेता नेपाल पुलिसले बागमती प्रदेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले पहिले ब्याटिङ गर्ने भएको हो । मन्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसमा […]

पीएम कपमा शतक प्रहार गर्ने बागमती प्रदेशका खेलाडीले १० हजार पाउने

३ माघ, काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । संघले पीएम कपमा शतक हान्ने खेलाडीलाई १० हजार र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५ हजार दिने संघका सचिव दुर्गाराज पाठकले जानकारी दिए । यस्तै […]

पीएम कप पुरुष क्रिकेट आजदेखि, यस्ता छन् १० टिम

२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । क्यानले प्रतियोगिताको एकदिन अघि बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पूरा भएको […]

पीएम कप पुरुष क्रिकेट लुम्बिनी प्रदेशको टिम घोषणा

१ माघ, काठमाडौं । माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले बिहीबार कृष्ण कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै ४ वैकल्पिक खेलाडी पनि घोषणा गरिएको छ । टिमका अन्य खेलाडीमा सौरभ खनाल, विक्रम भुसाल, अनिल […]

पीएम कपका लागि मन्जितको कप्तानीमा पुलिस टिम घोषणा

१ माघ, काठमाडौं । माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको लागि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसको टिम घोषणा भएको छ । पुलिसले मन्जित श्रेष्ठको कप्तानीमा बिहीबार अन्तिम टोली घोषणा गरेको हो । गत वर्ष मन्जितकै कप्तानीमा पुलिसले प्रधानमन्त्री कपको उपाधि जितेको थियो । टिममा गत वर्षकै अधिकांश खेलाडीहरु रहेका छन् । पुलिस […]