+

पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै

२०८२ चैत  १२ गते ७:०० २०८२ चैत १२ गते ७:००
पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै

१२ चैत, काठमाडौं । एक दिवसीय प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले नेपाल पुलिस क्लबसँग खेल्दैछ । यी दुवै खेल बिहान साढे ९ बजे सुरु हुँदैछन् ।

यसअघि एक खेलेको आर्मीले जित निकालेको थियो भने गण्डकी पराजित भएको थियो । उता दुई/दुई खेल खेलेका पुलिस र बागमतीले एकमा हार र एकमा जित निकालेका छन् ।

यसपटक पीएम कप मधेश र बागमती प्रदेशमा भइरहेको छ । मधेशको जनकपुर र वीरगञ्ज एवं बागमतीको काठमाडौंमा खेल भइरहेका छन् ।

पीएम कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय