Comments Add Comment

भरतपुर

List Grid
१५ फिट अग्लो पर्खाल नाघेर भरतपुर कारागारबाट कसरी भागे कैदी ?

१२ मंसिर, चितवन । भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे । कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ । जिल्ला कारागार प्रमुख कमलप्रसाद काफ्लेले बिहीबार साँझ संख्या गन्ने बेलामा […]

भरतपुरका विद्यालयलाई इन्टरनेट र ल्यापटप

११ असोज, काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तारका लागि बजेट उपलब्ध गराएको छ । कोभिड–१९ का कारण नियमित पठनपाठन अवरुद्ध भएकाले प्रविधिको उपयोग गरि डिजिटल सिकाइको लागि इन्टरन्टरनेट सुविधाको लागि बजेट र एक÷एक वटा ल्यापटप उपलब्ध गराउने भएको हो । इन्टरनेट सुविधाको लागि अहिले प्रति विद्यालय दश हजारको […]

भरतपुर प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोवाइलमा दिने

१७ भदौ, चितवन । चितवनको भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको रिपोर्ट मोवाइलमै पठाउने भएको छ । कोभिड प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले त्यसका लागि प्रयोशालामा सफट्वेयर जडान गरिसकिएको बताइन् । ‘सम्भवतः भोलिदेखि कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकाहरुलाई मोवाइलमै म्यासेज पठाउने कामको सुरुवात हुन्छ’ डा. अधिकारीले भनिन्, ‘त्यसका लागि नेपाल […]

‘मेडिकल सिटी’मा बिजोग : अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

१४ भदौ, चितवन । चितवनको भरतपुरले ‘मेडिकल सिटी’को उपनाम पाएको छ । तर त्यही भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती-३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्युवरण गर्नु परेको छ । ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई पछिल्लो समय जण्डिस पनि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी […]

भरतपुरको बागेश्वरीमा ७५ बेडको आइसोलेसन केन्द्र

१४ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बागेश्वरी आश्रममा कोरोना भाइरस संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारिएको छ । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर सञ्चालन गरेको आइसोलेसन केन्द्रको मेयर रेनु दाहालले आइतबार सुुभारम्भ गरिन् । पुरानो मेडिकल कलेज भरतपुरले झण्डै दुई […]

भरतपुर महानगरको राजश्व संकलन १२ प्रतिशतले घट्यो

२२ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाको राजश्व संकलन ११.९९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्ष २०७६/७७ मा १ सय ११ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको महानगरपालिकाले ९२ करोड ३३ लाख ९६ हजार राजश्व संकलन गरेको जनाएको छ । महानगरपालिका राजश्व शाखाका प्रमुख अनुज घिमिरेले कोरोना भाइरसको संक्रमण, लकडाउनका कारणले लामो समय व्यवसाय […]

सवारी पास सिफारिसमा पनि शुल्क लिन्छन् वडा कार्यालय

२४, असार, चितवन । कोरोना महामारीका समयमा हाल एक जिल्लाबाट अर्को जिल्लामा जान अहिले सम्बन्धित स्थानीय तहको वडाको सिफारिस अनिवार्य गरिएको छ । स्थानीय तहकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने भएकाले यस्ता सिफारिस धेरै महत्वपूर्ण छ । यही मौकामा चितवनको भरतपुर महानगरपालिकाका वडा कार्यालयहरुले यस्ता सिफारिसको पनि धमाधम दस्तुर उठाउन थालेका छन् […]

भरतपुरको पुङ्गी खोलामा आकर्षक तलाउ बनाइँदै

८ असार, चितवन । भरतपुरको मुख्य शहरी क्षेत्र भएर बग्ने पुङ्गी खोलामा तलाउ बनाइने भएको छ । भरतपुर महानगरपालिका(२ सप्तकन्या मन्दिर परिसरमा निर्माण हुन लागेको तलाउको बागमती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा शिलान्यास गरे । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको […]

भरतपुर कोभिड ल्याबको दुःख : डाइपर लगाएर काम गर्छन् प्राविधिक

३२, जेठ, चितवन । कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिएका प्राविधिक कर्मचारीका दुःख र हैरानी सानो छैन । घरपरिवार छाडेर महिनौंदेखि क्वारेन्टिनमा बसेका उनीहरूले एकछिन पनि आराम गर्न पाउने अवस्था छैन । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वावको दैनिक औसत दुईसय नमुना परीक्षण हुन्छ । माइक्रोबायोलोजिस्ट नितु अधिकारी नेतृत्वको प्रयोगशालामा १२ खटिएका छन् । यीमध्ये दुईजना शुक्रबार मात्र […]

सल्यानको स्वाब भरतपुरमा परीक्षण

२८, जेठ, चितवन । चितवनको भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा सल्यानदेखि सम्भावित कोरोना संक्रमितको स्वाब परीक्षणका लागि ल्याइएको छ । बुधबार भरतपुरमा सल्यानका १३१ वटा सहित २७४ स्वाब परीक्षणमा गरिएको छ । ती सबैमा कोरोना संक्रमण नभएको पाइएको छ । बुधबार भरतपुर क्यान्सर अस्पतालको २६, भरतपुर अस्पतालको ४६,  भरतपुर महानगरपालिकाको ८, चितवन मेडिकल कलेजको ११, सेन्ट्रल […]

चितवनमा २ चिकित्सकसहित ३० जनामा कोरोना पुष्टि

२६ जेठ, चितवन । चितवनको भरतपुर कोभिड ल्याब–१९ मा गरिएको कोरोना संक्रमण परीक्षणमा सोमबार ३० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये चितवनका २०, नवलपुरका ५, धादिङ, सप्तरी, काठमाडौं, रुपन्देही र कपिलवस्तुका १/१ जना रहेका छन् । संक्रमित हुनेहरुमा धेरैजसो भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरपालिकाको क्वारेन्टि१नमा रहेका ४ जना, वडा नम्बर २८ […]

चितवनमा कोरोना अस्पतालको समाचार लेख्ने पत्रकारलाई धम्की

१७ वैशाख, काठमाडौं । भरतपुरको कोरोना विशेष अस्पतालमा भएको अनियमितताबारे समाचार लेखेको भन्दै अनलाइनखबर डटकमका चितवन संवाददाता सुवास पण्डितसहितका पत्रकारलाई धम्की आएको छ । अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति नै निकालेर समाचार लेख्ने व्यक्तिहरूको पहिचान गरी आफैँले आवश्यक कारबाही […]

भरतपुरका पार्टी प्यालेस र होटलमा दिनदिनै दर

२०, भदौं, चितवन । देशका शहरी क्षेत्रहरुमा तिजको रौनक पार्टी प्यालेस र होटलहरुमा केन्द्रित हुँदै गइरहेको छ । चितवन पनि यसबाट कसरी अछुतो रहन सक्थ्यो ? तीज आउन एक साता बाँकी रहँदा चितवनको भरतपुरका अधिकांश पार्टी प्यालेस र होटलहरु अग्रिम बुकिङ भइसकेका छन् । सबैभन्दा बढी बुकिङ भदौं २३ गते शनिवारका लागि छ । यस […]

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, आज बहस र फैसला नहुने

१३ असार, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका ९० मतपत्र र पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कल निर्णय आज सर्बोच्च अदालतमा पेश हुँदैछ । अदालतको आदेश अनुसार च्यातिएका मतपत्र र त्यसको मुचुल्का समेत काठमाडौं पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै मतपत्र च्यात्नेमा संलग्न रहेको भनी प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेका माओवादी […]

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाइ हुँदै

२८ जेठ, काठमाडौं । भरतपुर महानगरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय रोक्न दिएको अन्तरिम आदेशबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध […]

मतपत्र सुरक्षामा ढाडे बिरालो !

२६ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर, त्यतिले नपुगेर ढाडे बिरालोलाई समेत मतपत्र सुरक्षामा प्रयोग गरिएको छ । भरतपुरस्थित कभर्ड हलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको हो । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन् । तर, भवनभित्र […]

छानबिन समितिले अनुसन्धान सक्यो, के होला भरतपुरको मतगणना ?

१७ जेठ, काठमाडौं । गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि […]

भरतपुर महानगरको मेयर चुन्दै वडा नं. २०

१४, जेठ, चितवन । भरतपुर महानगरपालिकाको वडा नः २१ को गणना जारी छ । यो वडासहित ९७३० मत गन्न बाँकी छ । तर, अझै पनि भरतपुर महानगरको मेयर को बन्ला भनेर अनुमान लगाउन मुस्किल बनेको छ । बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने वडाहरु हुन् । तर, वडा नः १९ आफूले जित्ने […]

भरतपुर महानगरको मतगणना पुनः सूचारु, एमालेका देवी ज्ञवालीको अग्रता कायमै

१३, जेठ, चितवन । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना कार्य पुनः सञ्चालनमा आएको छ । वडा नः १७ को मतगणना कार्य चलिरहेका बेला शनिबार बिहान १२५ मत अर्धकट्टी सहितको भेटिएपछि दलहरु बीच सदर मान्ने कि बदर भन्ने  विवाद भएको थियो ।विवादलगत्तै २ घन्टा रोकिएको गणना पुनः सुरु भएको हो । दल र निर्वाचन […]

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुरमा विवाद, रोकियो गणना

१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनको जारी मतगणना स्थगित भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको हो । वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । दलहरुबीच अर्धकट्टीको विवाद भएपछि दल र आयोगका प्रतिनिधि अहिले गणना रोकेर विवाद मिलाउने प्रयास गरिरहेका छन् । […]