Comments Add Comment

भूमि आयोग

List Grid
केशव निरौलाको नेतृत्वमा राष्ट्रिय भूमि आयोग गठन

३० भदौ, काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले नेपाली कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको हो । आयोगको उपाध्यक्षमा महेन्द्र खड्का छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । आयोगका नवनियुक्त अध्यक्ष निरौलाले […]

भूमिसम्बन्धी आयोग पुन: गठन गर्छौं : गृहमन्त्री खाँण

२३ साउन, काठमाडौं । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा पुन: गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिक कमजोरी देखिएकाले यसलाई परिमार्जन र परिस्कृत गरेर नयाँ आयोग गठन गर्ने बताए । ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ । यसबाट […]

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

२१ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित […]

भूमि आयोग खारेजीप्रति एमालेको आपत्ति

२० साउन, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार वक्तव्य जारी गरी भूमि आयोग खारेज गरेर सरकार जनताप्रति उत्तरदायी नरहेको पुष्टि भएको आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकारले बनाएको भूमि आयोगले ७४७ स्थानीय तहसँग सम्झौता गरेर दलित र सुकुम्बासीलाई जमिन […]

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

१९ साउन, काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । उक्त आयोगले ७७ […]

भूमि आयोगमा नयाँ जागिरेको भीड, पुराना सुकुम्बासीले जिल्लामा आवेदन दिनुपर्ने

१० फागुन, काठमाडौं । सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि समस्या समाधान आयोगको कार्यालय ताहचलस्थित गरीवी निवारण कोषको कार्यालय रहेकै भवनमा छ । सोमबार दिउँसो आयोग परिसरमा ठूलो संख्यामा युवाहरु घाम तापिरहेका थिए । सुकुम्बासी एवं अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न गठित आयोगमा किसानको भीड हुनुपर्नेमा कलेज पढिरहेका विद्यार्थीको भीड किन ? आयोगका एक […]

१३२ पालिकासँग भूमि आयोगको सम्झौता

२७ मंसिर, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले गण्डकी प्रदेशका ३६ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, आयोगका अध्यक्ष देवी ज्ञवालीको उपस्थितिमा शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्झौता भएको हो । योसँगै देशभारी कार्यसम्झौता भएका पालिकाको संख्या १३२ पुगेको छ । […]

भूमि आयोगले नियमावली बिनै काम थाल्यो

११ मंसिर, काठमाडौं । गत चैतमा गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले पर्याप्त कानुन बिनै काम अघि बढाएको छ । नियमावली पारित नहुँदै २७ कात्तिकमा १४ वटा पालिकासँग सम्झौता गरेर लगत संकलन सुरू गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकै अधिकारीहरूले नियमावली नबन्दै काम थाल्नु अर्थहिन हुने बताएका छन् । आयोगले […]

भूमि आयोगले गर्‍यो १०० स्थानीय तहसँग सम्झौता

२७ कात्तिक, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहहरूसँग कार्यसम्झौता गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये १०० स्थानीय तह र आयोगबीच बिहीबार सम्झौता भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई कसैलाई काखा र पाखा नगरेर वास्तविक भूमिहीनको पक्षमा काम गर्न आग्रह गरिन् । […]