Comments Add Comment

मुटु

List Grid
महिला पनि डाक्टर हुन्छन् !

दिनको ३ : ४५ बजे । ग्राण्डी इन्टरनेश्नल अस्पतालको तेस्रो तला । ढोकामा नेम प्लेट छ, डा. भवानी मानन्धर, कन्सल्टेन्ट कार्डियोलोजिस्ट । तर भित्र कुर्सी खाली थियो । भनेको समयभन्दा ४५ मिनेट ढिलो पुगिएछ । डा. मानन्धरले फोनमा भन्नुभयो, ‘स्कुलबाट आएकी छोरीलाई रिसिभ गर्दैछु, पाँच मिनेट पर्खनुस् है, आइहालेँ ।’ खासमा डा. मानन्धरलाई भेट्न एक […]

युवतीलाई सुझावः डाइटिङले निम्त्याउन सक्छ मुटु रोगदेखि डिप्रेसनसम्म

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् । यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई लाइफस्टाइल डिसअर्डरु (जीवनशैलीको असन्तुलन) भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका […]

हृदयघातले उमेर भन्दैन, यसरी गर्नुस मुटुको हिफाजत

स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ । शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम […]

जन्मजात मुटु रोग, यसरी हुनसक्छ

मुटुमा छेद हुने समस्यालाई मेडिकल भाषामा कान्जेनिटल हार्ट डिफेक्ट्स भनिन्छ । मुटुको संरचना सम्बन्धी यो समस्या शिशुहरुमा जन्मजात हुनसक्छ । यो समस्या भएमा मुटुभित्र रगतको बहाव परिवर्तित हुने गर्छ । मुटुमा छेद विभिन्न प्रकारको हुन्छ, जसमा सामान्य समस्यादेखि जटिल प्रकारका समस्या सम्मेलित छन् । यस रोगको उपचारका लागि चिकित्सकहरु शारीरिक परिक्षण गर्न सुझाव दिने गर्छन् […]

मुटुको चाल गडबड भयो ? त्यसो भए यसो गरौं

एउटा सामान्य व्यक्तिको मुटुको चाल (हार्ट विट)  प्रति मिनेट  ६० देखि एक सयको बीचमा हुनु पर्छ । केही विशेषज्ञहरु ५० देखि ७० लाई पनि सामान्य चाल मान्ने गर्छन् । तर मुटुको चाल सामान्य भन्दा बढी भएमा त्यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा ट्रेकिकार्डिया भनिन्छ । मुटु रोग तथा रक्तअल्पत्राको समस्याले पनि ट्रेकिकार्डिया निम्त्याउन […]

माया मुटुले गर्छ कि मस्तिष्कले ?

 ‘जति चोट दिन्छौ देउ मायालु, मुटुभित्र साँचेर राख्नेछु ।’ भक्तराज आचार्यले गाएको यो सदावहार गीतको भावअनुसार के मायालुले दिएका चोटहरु मुटुभित्र संगालिएर बसेका हुन्छन् त ? यो प्रश्नले मन सधैँ कुत्कुत्याउँछ, अनि मुटु विशेषज्ञलाई सोधुँसोधुँ हुन्छ । जब पहिलोचोटि प्रेमी र प्रेमिका लुकीलुकी भेटेर स्पर्श गर्छन्, मुटुको ढुकढुकी बढ्छ र शरीरभरि अनौठो भावको सञ्चार हुन्छ […]

यस्ता बानी मुटुको लागि घातक हुनसक्छ

गलत खानपान, विलासी जीवनशैली, धुमपान, मदिरापान तथा रातो मासुको सेवनले मात्र मुटुलाई असर गर्दैन । संसारमा यस्ता अन्य धेरै कुराहरु छन्, जसले मुटुलाई नजानिदो तरीकाले असर पारिरहेको हुन्छ । जस्तै, हाम्रो दैनिकी । कतिपय अवस्थामा हाम्रो बानी तथा नियमित कार्यले मुटुमा गम्भीर असर पुर्‍याइरहेको हुन्छ । तर यस्ता बानीबारे जानकारी नहुदाँ हामी रोगको चपेटामा परिरहेका […]

हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?

हृदयघातका कारणहरू दुई प्रकारका छन्- उल्टाउन सकिने र नसकिने । ४० वर्ष पछिको उमेर, पुरुष लैङ्गकिता र हृदय रोगको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव अदिलाई […]

तपाईको मुटुको चाल ठीक त छ ?

मर्निङ्ग वाक गर्दा होस् वा उफ्रदा, मुटुको चाल अचानक बढ्नु सामान्य हो  । तर कहिले कहिँ खाँदा, बस्दा वा सुत्दा मुटुको चाल अनावश्यक बढी भइदिन्छ ।  किन ? सामान्य अवस्थामा मुटुको चालमा जुन किसिमको गडबढी हुन्छ, त्यो खतरनाक  हुनसक्छ । कतिसम्म भने, सहि समयमा उपचार गरिएन भने यसले ज्यान लिन सक्छ । किन हुन्छ गडबढी […]

सजग होऔं ! सानै उमेरमा बन्नसक्छ मुटुमा ब्लकहरु

पछिल्लो समय जीवनशैली आधुनिक बन्दै जाँदा खासगरी हाम्रो खानपान संस्कृति र दैनिक आहारविहार निकै फेरिएको छ । मीठै मात्र र त्यसमा पनि मासु मात्रै खानुपर्ने बानी विकसित भएको छ । घरमा पाक्ने खानाको ठाउँ बाहिरको फास्टफुडले लिइरहेको छ । अर्कातिर, शारीरिक परिश्रमलाई दुःख ठानेर दुई पाइला हिँड्न समेत गाह्रो मान्ने गरिन्छ । वयस्क मानिसमा रहेको […]

हृदयाघात सम्बन्धी केही भ्रमपूर्ण धारणा

हृदयाघात अर्थात् ‘हर्ट एट्याक’ बारे केही अस्पष्ट धारणाहरु छन्, जसलाई यसरी बुँदागत रुपमा चर्चा गर्न सकिन्छ: १. बेहोश नै भाको छैन कहाँ हृदयाघात हुनु ? हृदयाघात मुटुसंग सम्बन्धित कुरा हो । हृदयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसूस हुन्छ । छाती दुखाई ठूलो ढुंगाले थिचेजस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाई […]

जो झोलामा ६ किलोको मुटु बोकेर १७ महिना बाँचे

शरीरको सबैभन्दा संवेदनशील अंग मुटु छातिभित्र हुन्छ र यसले अलिकति पनि काम गर्नमा गडबडी भयो भने मानिसको ज्यानै जानसक्छ । तर अमेरिकाका एक जना युवक पनि छातिभित्रको मुटुले पूरै १७ महिना काम नगर्दा पनि बाँच्न सफल भए । छातिभित्रको मुटुले काम नगरेर के भो त ? उनले १७ महिनासम्म बकाइदा आफ्नो लागि कामगर्ने मुटु २४ […]

मुटुमा करेन्ट पठाई बिरामी बचाइयो

४ जेठ, काठमाडैं । पहिलो पटक मुटुमा करेन्ट पठाएर अर्थात् इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आइसिडी) प्रविधिको प्रयोग गरेर एक बिरामीको सफल उपचार गरिएको छ । मुटुको धड्कन बन्द भएको अवस्थामा नियन्त्रण र काम गर्ने उक्त नयाँ प्रविधिबाट पनौतीका ५८ वर्षीय केशव गौतमको सफल उपचारपछि बचाएको सिरमेमोरीयल अस्पताल बनेपाले जनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । […]