News Summary
Generated by OK AI. Editorially reviewed.- २०२२ मा युरोपिएन हार्ट जर्नल ओपनमा प्रकाशित अध्ययनअनुसार बारम्बार रिसाउने व्यक्तिमा मुटु रोगको जोखिम धेरै बढ्छ।
संसारमा सायदै यस्तो व्यक्ति होला जसलाई कहिल्यै रिस उठ्दैन । रिसाउनु स्वाभाविक भावना हो, जुन तनाव, निराशा, अन्याय वा अन्य धेरै कारणले आउन सक्छ । कहिलेकाहीँ रिस उठ्नु सामान्य हो, तर यदि कसैलाई धेरै वा बारम्बार रिस उठ्छ भने यसले मुटुको स्वास्थ्य र सम्पूर्ण स्वास्थ्यमा असर पार्न सक्छ ।
आजभोलि कामको दबाब, आपसी झगडा, तनाव आदिका कारण धेरै मानिसहरू सधैं रिसमा रहने गर्छन् । कतिपयका लागि यो सामान्य जस्तो लाग्न सक्छ, तर अत्यधिक रिसले मुटुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
रिसाउँदा मुटुको स्वास्थ्यमा पर्ने असर
२०२२ मा युरोपिएन हार्ट जर्नल ओपनमा प्रकाशित अध्ययनअनुसार धेरै र बारम्बार रिसाउने व्यक्तिहरूमा मुटु सम्बन्धी रोगको जोखिम धेरै बढ्छ भन्ने देखियो । विशेषगरी मध्यम उमेरका र वृद्ध व्यक्तिहरूमा हार्ट फेलियर, अनियमित धड्कन र मुटु रोगबाट मृत्युको जोखिम बढेको पाइयो ।
मधुमेह भएका पुरुषहरूमा यो जोखिम अझ बढी देखिन्छ । रिसाउँदा शरीर तनावको अवस्थामा पुग्छ, जसले मुटुमा विभिन्न असर पार्छ ।
१. रक्तचाप बढ्नु
रिसको कारण शरीरमा एड्रेनालिन र कोर्टिसोलजस्ता तनाव हर्मोन बढ्छन् । यसले रक्तनलीहरू खुम्च्याउँछ र अचानक रक्तचाप बढाउँछ ।
२. मुटुको धड्कन बढ्नु
रिसाएको बेला मुटु छिटो धड्किन्छ । बारम्बार यस्तो हुँदा मुटुका मांसपेशी कमजोर हुन सक्छन् ।
३. हार्ट अट्याकको जोखिम
पहिले नै मुटु रोग भएका व्यक्तिहरूमा अत्यधिक रिसाएपछि करिब दुई घण्टासम्म हार्ट अट्याकको जोखिम उच्च रहन्छ ।
४. रगत जम्ने समस्या ‘क्लटिङ’
बारम्बार रिसाउँदा रगत बाक्लो हुन सक्छ, जसले धमनीमा थक्का बन्ने जोखिम बढाउँछ । यसले स्ट्रोक वा हार्ट अट्याक निम्त्याउन सक्छ ।
रिसका कारण हुने मुटु सम्बन्धी रोगहरू
१. उच्च रक्तचाप
लामो समयसम्म रिसमा रहने व्यक्तिमा मुटु रोगको जोखिम बढ्छ । बारम्बार रिसले स्थायी रूपमा रक्तचाप बढाउन सक्छ ।
२. हार्ट अट्याक
रिसका बेला मुटुमा बढी दबाब पर्छ, जसले हार्ट अट्याकको जोखिम बढाउँन सक्छ ।
३. कोरोनरी आर्टरी डिजिज
लगातार रिसको कारण धमनीमा बोसो ‘प्लाक’ जमेर ब्लकेज हुन सक्छ र मुटुमा रगतको आपूर्ति कम हुन सक्छ ।
४. स्ट्रोक
रिसको कारण रक्तचाप र क्लटिङ बढ्दा स्ट्रोकको जोखिम बढ्छ ।
५. हार्ट फेलियर
रिसको कारण लामो समयसम्म मुटुमा दबाब पर्दा यसको कार्यक्षमता घट्न सक्छ ।
कसलाई बढी जोखिम हुन्छ ?
-पहिले नै मुटुको समस्या भएका व्यक्तिहरूका लागि अत्यधिक रिसाउनु खतरनाक हुन सक्छ ।
-यदि कसैलाई पहिले नै उच्च रक्तचापको समस्या छ भने रिसाउँदा यो समस्या अझ बढ्न सक्छ ।
-मधुमेह भएका बिरामीहरूका लागि पनि रिस हानिकारक हुन्छ । उच्च ब्लड सुगर र रिस मिलेर मुटु रोगको जोखिम अझ बढाउँछन् ।
-धेरै तनावमा रहने व्यक्तिहरूका लागि पनि धेरै सिाउनु हानिकारक मानिन्छ ।
-धूम्रपान र मदिराको बढी सेवन गर्ने व्यक्तिहरूका लागि रिसाउनु झन् हानिकारक हुन्छ, किनकि यसले मुटुमा थप दबाब पार्छ ।
-शारीरिक गतिविधि नगर्ने निष्क्रिय जीवनशैली भएका व्यक्तिहरूका लागि पनि रिस राम्रो मानिँदैन ।
-पर्याप्त निन्द्रा नपुग्दा चिडचिडापन र रिस बढ्छ, त्यसैले अनिद्राको समस्यामा पनि धेरै रिसाउनु मुटुका लागि हानिकारक हुन्छ ।
रिस नियन्त्रण गर्ने उपायहरू
रिस सामान्य र स्वाभाविक भावना हो, तर यदि आफ्नो रिस नियन्त्रण गर्न गाह्रो हुन्छ भने यो समस्या बन्न सक्छ ।
यी उपायहरूको सहायताले रिस नियन्त्रण गर्न सकिन्छ:
-नियमित रूपमा गहिरो सास फेर्न अभ्यास गर्ने । जब रिस महसुस हुन्छ, लामो र गहिरो सास लिनुपर्छ, यसले दिमागलाई शान्त बनाउँछ र मुटुको धड्कन सामान्य राख्छ ।
-नकारात्मक सोच र नराम्रो कुरा मनमा नराख्ने । यस्ता कुरा नसोच्दा मन हल्का हुन्छ र तनाव कम हुन्छ ।
-रिस उठ्नुको कारण के भन्ने कुरा पत्ता लगाउने प्रयास गर्नुपर्छ । आफ्ना भावना बुझ्दा तिनलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ ।
-नियमित रूपमा व्यायाम गर्नुपर्छ, जस्तै हिँड्नु, पौडी खेल्नु वा दौडनु । यसले तनाव कम गर्छ, मुड सुधार्छ र मुटु स्वस्थ राख्छ ।
-दैनिक योग वा ध्यान गर्नुपर्छ । यसले चिडचिडापन घटाउँछ र मानसिक शान्ति कायम राख्छ ।
-पर्याप्त र गुणस्तरीय निन्द्रा लिनुपर्छ । यसले शरीर र दिमागलाई आराम दिन्छ, त्यसैले दैनिक ७-८ घण्टा राम्रो निन्द्रा लिने प्रयास गर्नुपर्छ ।
डाक्टरसँग कहिले सल्लाह लिने ?
कहिलेकाहीँ अत्यधिक रिसका कारण शरीरमा विभिन्न प्रकारका परिवर्तन देखिन सक्छन्, जसले मुटुमा पर्ने असरका संकेत दिन सक्छन् । धेरै रिस गर्ने व्यक्तिहरूले यस्ता लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन र तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ । त्यसैले यी लक्षणहरू देखिन्छन् भने बेवास्ता नगरी
–छातीमा तीव्र दुखाइ वा दबाब महसुस हुनु
–सास फेर्न गाह्रो हुनु
–मुटुको धड्कन धेरै छिटो वा अनियमित हुनु
–बारम्बार बिना कारण चक्कर आउनु वा बेहोस हुनु
–धेरै शारीरिक काम नगर्दा पनि अत्यधिक थकान महसुस हुनु
प्रतिक्रिया 4