Comments Add Comment

मेलम्ची

List Grid
मेलम्चीझैँ बगिरहेछ ङाजुको आँशु…

३० भदौ, हेलम्बु । हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदो बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन् । हेलम्बु पहाडले जस्तो ङाजुका आँशुले कसैको बित्याँस पारेको भने […]

भूगर्भविद्को चेतावनी : चुरेलाई नचलाऊ, बुटवल दोस्रो मेलम्ची बन्न सक्छ

१९ भदौ,बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो । पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जोखिममा परे । बुटवल-३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको […]

मेलम्चीको बाढीले थप तीन घर बगायो

२ भदौ, सिन्धुपाल्चोक । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची-६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको छ । थप घर र बाटोसमेत जोखिममा रहेको उनले बताए । यी घर यसअघिको बाढीले […]

मेलम्चीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ- अब आयोजना एक्लैले सक्दैन

३१ साउन, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले अब काठमाडौंमा फेरि मेलम्चीको पानी ल्याउने कार्ययोजना कार्यान्वयन गर्न आफ्नो एकल प्रयासले मात्रै नसकिने बताएको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोजनाको पुनर्निर्माण गर्न विभिन्न सरकारी निकायले एकसाथ काम गर्नुपर्ने जानकारी नै गराएको छ । गत असार १ गते आएको बाढीले रुग्ण बनाएको मेलम्ची खानेपानी आयोजनाबारे प्रधानमन्त्री […]

मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

२६ साउन, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गरेका हुन् । सो क्षेत्रमा राहतको नाममा एक गेडा चामल र छतको नाममा एउटा […]

सडक सफा नगर्दा सिन्धुपाल्चोकमा यातायातका साधन चल्न सकेनन्

२५ साउन, सिन्धुपाल्चोक । करिब ९ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करीब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ । बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची […]

सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् । […]

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

१७ साउन, काठमाडौं । बाढी प्रभावित मेलम्ची क्षेत्रमा पुगेका विज्ञहरुको टोलीले नदी आसपासको क्षेत्र मानववस्तीका लागि अयोग्य भएको निश्कर्ष निकालेका छन् । यद्यपि स्रोतसम्म नपुगेकाले हेलम्बु गाउँपालिकाका साथै मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याउने गरी मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता नलागेको बताएको छ । १ असारको राति बढी आएको मेलम्ची नदीमा आइतबार फेरि लेदोसहितको बाढी […]

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

१७ साउन, सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु-१ का आशा लामाले भने, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ […]

सिन्धुपाल्चोकमा विज्ञ टोली जाँदै, बाढी मापनको उपकरण नहुँदा समस्या

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो ।  प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान […]

माथिल्लो तटीय क्षेत्रबाट पुरिएको माटो बोकेर बग्दैछ मेलम्ची (तस्वीरहरू)

१७ साउन, काठमाडौं । मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ । अवलकोनपछि गाउँपालिकाले माथिल्लो भागमा यसअघि असार १मा बाढी आउँदा नदीमा थुपि्रएर बसेको माटो बगेर आउन थालेको अनुमान गरेको छ । अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ। ‘ठूलो पानी […]

मेलम्चीमा तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग बाढी प्रभावितको माग

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् । बाढी […]

मेलम्चीवासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

३१ असार, सिन्धुपाल्चोक । ‘एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन’, मेलम्ची-११ का बाढीपीडित तासी लामा भने, ‘हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।’ यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उनको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत […]

तङ्ग्रिंदैछ मेलम्ची, खोजिरहेछ केन्द्र सरकारको साथ

२७ असार, मेलम्ची (सिन्धुपाल्चोक) । असार १ गते साँझ आएको बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न २६ दिनपछि प्रधानमन्त्री केपी ओली शनिबार सेनाको हेलिकप्टर चढेर मेलम्ची बजार र हेलम्बु पुगे । अवलोकनपछि प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी घरबास निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार नगद र चाहिएजति जस्तापाता उपलब्ध गराउने आश्वासन दिएका छन् । बाढीबाट हेलम्बु […]

मेलम्ची बजारलाई सुरक्षित स्थानमा सार्छौं : प्रधानमन्त्री ओली   

२६ असार, मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने […]

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

१७ असार, काठमाडौं । सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्चीको बाढीले केही दिन अघिमात्र ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन् । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् । जल तथा […]

प्रहरी अस्पतालका चिकित्सकद्वारा बाढी पहिरो प्रभावित हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचार 

१४ असार, काठमाडौं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । असार १ गते आएको मेलम्ची र इन्द्रावतीको बाढीबाट पीडित स्थानीयवासीहरुको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी […]

मेलम्चीको बाढीबाट के सिक्ने ?

मेलम्ची खोलामा गत असार-१ गतेदेखि आएको अप्रत्याशित बाढीपछि स्थलगत अवलोकन गर्दा उजाडिएको बस्ती र मनसँगै, स्थानीय वासिन्दा बालुवाले भरिएको घर खोतल्दै भविष्यका सपना बुनिरहेको देखिए । त्यो परिवेश देखिसकेपछि यससँग सम्बन्धित प्राविधिक पक्ष उजागर गरेर यस्तै प्रकोप नेपालका अरु कुनै बस्तीले व्यहोर्न नपरोस् भनी केही संक्षिप्त प्रारम्भिक अध्ययनको निष्कर्ष पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौं […]

सिन्धुपाल्चोकका ३ पालिकालाई काठमाडौं महानगरको सहयोग हस्तान्तरण

७ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोमबार मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी मेलम्चीलाई दुई करोड र बाँकी दुई गाउँपालिकालाई ५० लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरेका हुन् […]

पाँच लाख क्षतिपूर्ति दिने सहमतिपछि मेलम्चीको विवाद मिल्यो

७ असार, काठमाडौं । विद्युत् प्राधिकरणको लापरबाहीले एक जनाको मृत्यु भएको भन्दै स्थानीयले गरेको प्रदर्शन रोकिएको छ । इलाका प्रहरी कार्यालय, मेलम्चीमा आन्दोलनरत पक्ष, नगरपालिका र प्राधिकरणका प्रतिनिधिबीच भएको छलफल भएपछि प्रदर्शन रोकिएको हो । सोमबार बिहान मेलम्चीमा बाँध बनाउनका लागि एक्साभेटर लिन जाने क्रममा बिजुलीको तारमा छुँदा मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो […]

मेलम्चीमा एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाको प्रदर्शन

७ असार, काठमाडौं । मेलम्चीमा नदीले कटान गरेको ठाउँमा बाँध बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाले विद्युत प्राधिकरणविरुद्ध प्रदर्शन गरेका छन् । मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा विजुलीको तारले छोई करेन्ट लागेर सोमबार विहान मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो । स्थानीय वासिन्दाले प्राधिकरणको […]