 
																			२ असार, अम्बाथान (सिन्धुपाल्चोक) । सरकारले यो वर्ष बर्खामा पनि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
यसअघि वर्खायाम सुरु भएसँगै बन्द हुने पानी यो वर्ष निरन्तर आउनेगरी काम अघि बढाइएको खानेपानीमन्त्री प्रदीप यादवले अनलाइनखबरलाई जानकारी दिए ।
मन्त्री यादवका अनुसार, मेलम्ची नजिकै रहेको अर्को खोला रिबर्माको पानी मिसाएर ल्याउन लागिएको हो । वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गतवर्ष असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो ।
तर, यसवर्ष भने पानी बन्द नगर्नेगरी काम अघि बढाइएको छ ।
‘प्रत्येक वर्ष असारको बेलामा मेलम्चीको पानी बन्द गर्ने गरेका थियौं,’ मन्त्री यादवले भने, ‘काठमाडौं उपत्यकावासीलाई कम हुन नदिनका लागि रिबर्मा खोलाको पानी मेलम्चीको पाइपलाइनबाट लान्छौं ।’
रिबर्मा खोलाको पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउन लागिएको हो । जसका लागि विगत ६/७ महिनादेखि काम भइरहेको उनले बताए ।

उक्त खोलाको पानी मिसाउने कामको पछिल्लो विवरणबारे जानकारी लिन सोमबार खानेपानमन्त्री यादवसहितको टोली मेलम्ची पुगेको थियो ।
टोलीले सोमबार उक्त खोलाको पानी मेलम्चीको मुख्य प्रवेशमार्गसम्म ल्याउनका लागि भइरहेको कामको अवलोकन गरे ।
परियोजनाको अवलोकनपछि मन्त्री यादवले भने, ‘मेलम्ची नजिकै रहेको रिबर्मा खोला प्रयोग गरेर काठमाडौं लाँदैछौं । मेलम्ची नगएको अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।’
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर लान लागिएको बताए ।
‘गतवर्ष पनि यहाँ बर्खामा कति फोहोर हुने रहेछ भनेर पहिला देखि अध्ययन गरेका थियौं । अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएको छैन,’ लामिछानेले भने ।

उनले यो वर्षबाट अध्ययन अनुसार, सफा पानी काठमाडौं लानेगरी तयारी गरिउको हो ।
अहिले लगभग २० करोड पानी दैनिक काठमाडौं आइरहेको छ ।
‘अहिले २० करोड लिटर पानी गइरहेको छ । वर्षात्को बेलामा रिबर्मा खोलाबाट ५/७ करोड पानी पठाउँछौं,’ उनले भने, ‘बागमती ५/७ करोड पानी हुनछ । १० देखि १४ करोड पानी यो वर्ष काठमाडौं लानेगरी तयारी गरेका छौं ।’
मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड रुपैयाँ लिटर पानी वितरण गर्दै आएको थियो ।
विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको थिएन ।
दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइने बताइएको छ ।

 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4