+
+
Shares

मेलम्चीकाे इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु, अर्की बेपत्ता

दिउँसो ४ बजे इन्द्रावतीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना किशोरीमध्ये एक जनाको शव फेला परेको छ, अर्की अझै वेपत्ता छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८३ वैशाख १४ गते २२:२२

१४ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । अर्की एक किशोरी बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी जेसी शाहका अनुसार सोमबार दिउँसो ४ बजे इन्द्रावतीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना किशोरीमध्ये एक जनाको शव फेला परेको छ, अर्की अझै बेपत्ता छन् ।

उनका अनुसार बगेकामध्ये मेलम्ची–९ रातमाटेकी १८ वर्षीया अञ्जली गिरीको शव मेलम्चीस्थित बाङे सिमलमुनि फेला परेको छ । अर्की वेपत्ता भएकी किशोरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्यालेकी १४ वर्षीया अन्जिता ज्योति हुन् ।

बेपत्ता अन्जिताको प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । दुवै जना किशोरी काठमाडौं बसेर पढ्दै गरेका र बिदा मनाउन मेलम्ची आफन्तको घरमा गएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले वर्षायाम नजिकिँदै गर्दा नदी तथा खोलामा पौडी खेल्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?