३० पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रको सडक भासिएको छ । पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको हो ।
सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ ।

एक्कासी बाढी पसेपछि बबरमहल क्षेत्रमा रहेका सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्तीसमेत डुबानमा परेका छन् ।
मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाइले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4