Comments Add Comment

मोहनबहादुर बस्नेत

List Grid
राष्ट्रपतिलाई कांग्रेस नेताले भने : राजीनामा दिएर ओली गुटबाट चुनाव लड्नुस्

१६ पुस, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर केपी ओलीको पार्टीबाट चुनाव लड्न सुझाव दिएका छन् । बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको एउटा गुटको नेता जस्तो भएर काम गरेको आरोप लगाए । ‘अहिलेको यो परिस्थिति राष्ट्रपतिले सम्हाल्नुपर्ने बेलामा प्रधानमन्त्री भन्दा एक […]

स्वाब संकलनमा सहयोग गर्न बस्नेत परिवारलाई मेयरको आग्रह

२९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको परिवारलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेको छ । बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो । परिवारले बाह्रबिसे लगेर अन्त्यष्टि गरे । तर पाँच दिनपछि मृतकमा कोरोना संक्रमण पुष्टि भयो । बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयको […]

सरकारले दलीय सहमतिबिना प्रदेश राजधानी तोक्दैनः मन्त्री बस्नेत

२५ पुस,विराटनगर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशको राजधानी तोक्ने विषयमा सरकार पछाडि हटेको स्वीकार गरेका छन् । सरकारका प्रबक्ता समेत रहेका मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख तोक्ने भएपनि प्रदेशको राजधानी भने नतोकिने जानकारी दिए । विराटनगरमा मंगलबार आयोजना गरिएको शैलजा आर्चाय स्मृति पत्रकारिता पुरस्कार तथा रामप्रसाद मायादेवी पत्रकारिता पुरस्कार वितरण समारो बोल्दै […]

‘भ्रष्टाचारीका चेलाले ह्याकुलाको धम्की दिने ?’

२८ कात्तिक, बाह्रबिसे (सिन्धुपाल्चोक) । प्रतिस्पर्धी र सुरक्षा संवेदनशीलताको हिसाबले पहिलो चरणको चुनावको इपिसेन्टर बनेको सिन्धुपाल्चोकका विभिन्न गाउँको भ्रमणपछि अनलाइनखबरको टिम कोदारी पुग्दा माओवादी नेता अग्नि सापकोटा विकट थामी गाउँमा भेटिए । प्रदेशसभामा उम्मेदवार बनेका एमाले नेता अरुण नेपालसँगै तातोपानी क्षेत्रमा सोमवार विहान घरदैलो गरिरहेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार सापकोटा निकै हतारमा देखिन्थे […]

‘कम्युनिस्टसँग भिड्न मसँग सबै चीज छ’

२८ कात्तिक, कुबिण्डे (सिन्धुपाल्चोक) आइतबार बिहान झण्डावाल गाडीको अघिपछि करीव तीन दर्जन गाडी र सयौं मोटरसाइकलको लावालस्करसहित सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत सिन्धुपाल्चोकको कुबिण्डे पुगे । कुबिण्डे बस्नेतका प्रतिस्पर्धी अग्नि सापकोटाको गाउँमात्रै होइन, माओवादी जनयुद्धकालमा धेरैले रगत बगाएको गाउँ पनि हो । त्यहीँ अग्नि सापकोटाको घरनजिकै बाँझोखेतमा मोहन बस्नेतको स्वागतका लागि मञ्च तयार पारिएको थियो […]

चुनाव सफल बनाउन सबैको सहयोग आवश्यक

१६, भदौ, काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षको सहयोगको आवश्यक भएको बताएका छन् । मन्त्री बस्नेतले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई एकजुट हुन पनि आहृवान गरेका हुन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल आयुर्वेदिक चिकित्सक संघको […]