+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एमालेले माग्यो मन्त्री बस्नेत र ज्वालाको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:५९

१० फागुन, काठमाडौं । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरु मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले सञ्चारसम्बन्धी उपकरण टेरामक्स खरिद काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र अन्य विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।

‘यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, एमालेको बैठकको निर्णयमा भनिएको छ ।

हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सञ्चार मन्त्री हुँदा गरेको निर्णयको आधारमा टेरामक्स खरिद प्रकरणमा जोडिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ माघमा मन्त्री बस्नेतसँग टेरामक्स खरिद प्रकरणका विषयमा बयान लिएको थियो ।

त्यस्तै १३ पुसमा कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना जाँचबुझका लागि गठित आयोगले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ ।

विवादमा मुछिँदा पनि मन्त्रीहरुले नैतिकता नदेखाएर खुलेआम पदको दुरुपयोग गरिरहेको भन्दै एमालेले सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टमा परिणत भएको बताएको छ । ‘सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टबाजीमा परिणत भएको छ’, एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?