+
+
Shares

कांग्रेस नेता मोहन बस्नेतको घरमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १८:३५

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा प्रदर्शनीकारीले तोडफोड गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले नेता बस्नेतको घरमा रहेको मोटरसाइकलमा आगजनी गरी दिएका छन् ।

भक्तपुरको बालकोटस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।

जेनजीको दोस्रो दिनको प्रदर्शनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता तथा सरकारी भवनहरूलाई लक्षित गरी आगजनी गरेका छन् ।

उनीहरूले संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च आयोग लगायतमा समेत आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?