Comments Add Comment

म्यादी प्रहरी

List Grid
प्रहरी हाकिम भन्छन्– म्यादीलाई माला लगाइएको हो, गोली हानेको छैन

८ पुस, काठमाडौं । कालीकोटमा शुक्रबार गोली लागेर म्यादी प्रहरी विवेक एडीको मृत्यु भयो । म्यादी प्रहरीले चुनाव सफल पार्न अहोरात्र योगदान गरेका थिए, तर अहिले उनीहरुले सेवा सुविधामा चित्त नबुझेर आन्दोलन गर्दा गोली खानुपरेको छ । कालीकोटमा यस्तो दुःखद घटना कसरी भयो ? यसबारे सरकारले छानविन गरिने बताएको छ । यसैवीच, नेपाल प्रहरीका उच्च […]

म्यादी प्रहरीलाई कालीकाेटमा गोली ! काभ्रेमा नगदसहित सम्मान

७ पुस, काभ्रे । बिभिन्न जिल्लामा म्यादी प्रहरीमाथि गोली र लाठी प्रहारका समाचार आइरहेका बेला काभ्रेपलान्चोकमा भने सम्मान र नगद पुरस्कार सहित म्यादीलाई बिदाई गिरिएको छ । कालिकोटमा आफ्नो तलब कटौती गरिएकोमा विरोध जनाउँदा एक जना म्यादी प्रहरीले ज्यान गुमाउनु पर्‍यो । दोलखामा लाठी प्रहार भयो । तर, काभ्रेमा भने उत्कृष्ट काम गरेको भन्दै ४ […]

कालिकोटमा झडप, प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

७ मंसिर, कालीकोट । म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट तनावग्रस्त बनेको छ । आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो । […]

बिदा भए ९८ हजार म्यादी प्रहरी

७ पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका देशभरका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ । विभिन्न जिल्लाको जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई म्यादी प्रहरीमा खटिएको प्रमाण–पत्र दिएर विदाइ गरिँदैछ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९८ हजार २ सय ३८ म्यादी प्रहरी खटिएका थिए । ‘५५ दिनको […]

प्रदेश ७ मा म्यादी प्रहरी बन्न २५ हजार बढी आवेदन

१ कात्तिक, कैलाली । आगामी चुनावको सुरक्षाका लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा प्रदेश नम्बर ७ का ९ जिल्लाबाट २५ हजारभन्दा बढीले आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुनका लागि २५ हजार ३ सय ९० जनाले जिल्ला प्रहरी कार्यालयमा आवेदन दर्ता गरेका छन् । असोज २४ देखि ३१ गतेसम्म म्यादीमा भर्ना हुन चाहनेले […]

म्यादी प्रहरी बन्नेहरुको भिड (तस्वीरसहित)

२७ असोज, भैरहवा । रुपन्देहीको तिलोत्तमा नपा-१ शंकरनगरकी ३४ वर्षीया कल्पना क्षेत्री म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी क्षेत्रीले अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आहृवान गरिएको म्यादी प्रहरी भर्नाका लागि उनी दरखास्त फारम लिएर धकेलाधकेल हुने लाइनमा उभिएर […]

म्यादी प्रहरीमा जागिर खुल्यो, दलीय सदस्यता लिएकाले दरखास्त दिन नपाउने

२४ असोज, काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । इच्छुक उम्मेदवारले मंगलबार (आजै) बाट दरखास्त दिन सक्ने छन् । दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन […]

हातमा प्रमाणपत्र, आँखामा आँसु लिएर विदा भए म्यादी प्रहरी

२७ असार, सिन्धुपालचोक। चुनावी सुरक्षाका लागि सिन्धुपाल्चोकमा भर्ती भएका म्यादी प्रहरी जिम्मेवारी पुरा गरेर विदा हुँदा भावुक बनेका छन् । उनीहरुले छोटो समय भए पनि देशका लागि योगदान दिन पाएकोमा सन्तोष व्यक्त गरे । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनका लागि ९ सय ५२ जना म्यादी प्रहरी छनोट भएका थिए । एक हप्ताको तालिमपछि फिल्डमा खटाइएका उनीहरु […]

नुवाकोटका २ सय ३ म्यादीले जागिर छाडे

२९ जेठ, नुवाकोट । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई […]

गलत हल्लाले म्यादी प्रहरी आन्दोलनमा

२४ जेठ, काठमाडौं । थोरै तलब पाएको भन्दै ललितपुरका म्यादी प्रहरीले नाराबाजी गरेका छन् । प्रहरीले गलत हल्लाको पछि लागेर आचरणविपरीतको काम गरेको भन्दै उनीहरुमाथि कारबाही गरिने जनाएको छ । ‘गलत हल्लाकै भरमा उनीहरुले आन्दोलन गर्न खोजेका रहेछन्,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘गलत समाचारको पछि लागेर उनीहरुले तलब बुझ्न नमानेका रहेछन् ।’ […]

म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदलौं– गोपाल किराती

२० जेठ, काठमाडौं । विगतमा ८ सय जिल्लाको अवधारणा ल्याएर चर्चा कमाएका माओवादी नेता गोपाल किरातीले अहिले चुनावमा परिचालन गरिएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा बदल्नुपर्ने सरकारसँग माग गरेका छन् । किरातीले प्रधान प्रचण्डलाई भेटेर म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न माग गरेका हुन् । सरकारले चुनावमा खटाएका म्यादीहरुलाई तालिमसमेत दिएको हुनाले उनीहरुलाई प्रदेश प्रहरी बनाउन […]

निर्वाचन सुरक्षाः हतारको निर्णयले ६ अर्बको भार

१८ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ । सुरक्षा योजनाअनुसार दुई चरणमा निर्वाचन गर्दा सुरक्षा संगठनकै जनशक्तिले पुग्थ्यो, म्यादी प्रहरी भर्ना गर्नुपर्दैनथ्यो । एकै चरणमा निर्वाचन गराउने योजनाअनुसार म्यादी प्रहरी भर्ना गरिए पनि त्यस्तो हुन सकेन । एकै चरणमा […]

काठमाडौंको मेयरमा उठेका रेस्लरः जसलाई म्यादी प्रहरीले थर्काए

११ जेठ, काठमाडौं । चुनावी मैदान ‘रेस्लिङ रिङ’ जस्तै हुँदो हो त यिनले सबै प्रतिस्पर्धीलाई पछारेर फेरि नउठ्ने गरी अठ्याउँथे होलान् । तर, राजनीतिक दाउपेचको यो खेलमा एउटा रेस्लरको के जोर चल्थ्यो ? आफैं नराम्ररी पछारिए । काठमाडौं महानगरको निर्वाचनमा ‘खिरिलो’ जिउडालकी रञ्जु दर्शनासागै मेयरको प्रतिस्पर्धामा उत्रिएका थिए- बढेमानका ‘हिमालय टाइगर ।’ चुनाव अघिपछि रञ्जुको […]

सरकारले तोक्यो म्यादी प्रहरीको सुविधाः ५१ हजार तलब, २ लाखको वीमा

७ बैशाख, काठमाडौं । तपाई म्यादी प्रहरीमा भर्ना हुनुभएको छ ? छ भने तपाईका लागि खुसीको खबर छ । बिहीबारको मन्त्रिपरिषद बैठकले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक […]

कुमारीको कथाः भत्केको घर बनाउन र टुक्रेको मन बुझाउन म्यादी प्रहरीको सहारा

१७ चैत, सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका इर्खुकी ३३ वर्षीया कुमारी नेपालीको पीडा सुनाउने हो भने एउटा ठूलो कथा बन्छ । तर, मनको बह पोख्न छाडेर उनी म्यादी प्रहरीको लाइनमा उभिएकी थिइन् । उनको भत्किएको घर बनेको छैन, जवानीमै पति–वियोगले टुक्रिएको मन बुझेको छैन । ‘भूकम्पले घर लड्यो, क्यान्सरले बूढा मरे । अनुदानको पहिलो किस्ता बूढाको उपचारमा […]