Comments Add Comment

म्यानमारमा सैन्य कू

List Grid
म्यानमारका सैन्य कम्पनीलाई कालोसूचीमा राख्ने अमेरिकाको तयारी

१२ चैत, काठमाडौं । अमेरिकाले म्यानमारको सेनाको स्वामित्वमा रहेका दुई कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । गत फेब्रुअरी १ मा सेनाले गरेको कू र त्यसपछि निस्किएको आन्दोलनमा व्यापक दमन गरेको विषयलाई लिएर अमेरिकाले म्यानमारका कम्पनीमाथि प्रतिबन्धको तयारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । स्रोतका अनुसार अमेरिकाले म्यानमारको म्यानमार इकोनोमिक कर्पोरेसन (एमईसी) र […]

म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

९ चैत, काठमाडौं । म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार औङ थुर रिहा भएका छन् । मार्च १९ मा सादा पोशाकमा आएको प्रहरीले उनलाई राजधानी शहर न्यपेतबाट पक्राउ गरेको थियो । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि हालसम्म ४० जना पत्रकार पक्राउ परिसकेका छन् । यसका साथै सेनाले पाँच मिडिया कम्पनीको लाइसेन्स पनि खारेज […]

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ प्रदर्शनकारीको मृत्यु

२७ फागुन, काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु […]

शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले के निर्देशन दिएको थियो ?

२६ फागुन, काठमाडौं । फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लियो । त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन् । आन्दोलन चर्किरहेको अवस्थामा केही प्रहरी अधिकारी परिवारसहित शरण खोज्दै भारत आए । उनीहरु अहिले भारतको मिजोरममा शरण लिएर बसेका […]

म्यानमारमा थुनिएका प्रदर्शनकारीले पाए यान्गोन छाड्ने अनुमति

२५ फागुन, काठमाडौं । म्यानमारको यान्गोन जिल्लामा थुनिएका सयौं प्रदर्शनकारीले जिल्ला छाड्ने अनुमति पाएका छन् । म्यानमारको सेनाले लगाएको रात्रिकालीन कर्फ्यु उल्लंघन गर्दै ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा उत्रिएसँगै म्यानमारको सेनाले प्रदर्शनकारीहरुलाई जिल्ला छाड्ने अनुमति दिएको हो । त्यस्तै पछिल्लो समय पश्चिमा मुलुकहरु र संयुक्त राष्ट्रसंघबाट पनि म्यानमारको सेनाले उनीहरुलाई रिहा गर्न दबाव दिँदै आएका छन् […]

म्यानमारमा जारी आन्दोलनमा थप दुई प्रदर्शनकारीको मृत्यु

२४ फागुन, काठमाडौं । सोमबार म्यानमार सैन्य कूको विरुद्धको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सबैभन्दा ठूलो ट्रेड युनियनले आयोजना गरेको राष्ट्रव्यापी आम हडतालको क्रममा प्रहरीले गोली चलाएको हो । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । सेनाले कू गरेसँगै म्यानमार निरन्तर […]

अस्ट्रेलियाले तोड्यो म्यानमारको सेनासँगको सम्बन्ध

२४ फागुन, काठमाडौं । अस्ट्रेलियाले म्यानमारको सेनासँगको सम्बन्ध तोड्ने निर्णय गरेको छ । म्यानमारको सत्ता आफ्नो हातमा लिएको भन्दै अस्ट्रेलियाले म्यानमारसँगको रक्षा सहकार्य कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो । पछिल्लो समय म्यानमारमा सैन्य कूको विरोधमा जारी आन्दोलनको क्रममा हिंसा भड्एिको र मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको अवस्थामा अस्ट्रेलियाले यस्तो निर्णय गरेको हो […]

म्यानमार : सुकीको पार्टीका नेताको हिरासतमा मृत्यु

२४ फागुन, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टीका एक नेताको हिरासतमा मृत्यु भएको छ । आइतबार प्रहरीले यू खिन माउङ लट नाम गरेका नेताको शव परिवारलाई जिम्मा लगाएको हो । उनलाई शनिबार राति घरमा छापा मारी पक्राउ गरिएको थियो । प्रहरीले बेहोस भएका माउङ लटको मृत्यु भएको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा […]

आफ्ना प्रहरी फिर्ता गर्न भारतलाई म्यानमारको आग्रह

२३ फागुन, काठमाडौं । म्यानमारले भारतसँग सीमा पार गरी भारत आएका आफ्ना प्रहरी अधिकारीहरुलाई फिर्ता गर्न आग्रह गरेको छ । म्यानमारको सैन्य शासकका अनुसार आदेश पालना नगरी शरण खोज्दै केही प्रहरी अधिकारीहरु आफ्ना परिवारसहित केही दिनअघि भारत प्रवेश गरेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने करिब ३० जना प्रहरी अधिकारी र उनीहरुका परिवार शरण […]

म्यानमारमा प्रहरीको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु

२१ फागुन, काठमाडौं । शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि गत बुधबार म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।म्यानमारको संकटबारे संयुक्त राष्ट्रसंघमा पनि छलफल हुँदैछ […]

म्यानमारका पाँच टेलिभिजनमा युट्युबको प्रतिबन्ध

२१ फागुन, काठमाडौं । युट्युबले म्यानमारका पाँच टेलिभिजन च्यानललाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि उत्पन्न भएको संकटको बीचमा युट्युबले पाँच टेलिभिजन च्यानललाई हटाएको हो । युट्युबकी प्रवक्ताले युट्युबको सामुदायिक मापदण्ड र कानुन पालना नगरेका कारण केही च्यानलहरु र उनीहरुको भिडियो आफ्नो प्लेटफर्मबाट हटाइएको बताएकी छन् । उनका अनुसार अहिले […]

म्यानमारमा पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न आईएफजेको आग्रह

२१ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले म्यानमारमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहाइको लागि आग्रह गरेको छ । म्यानमारको सेनाले मुलुकमा भइरहेको ‘कू’विरुद्धको आन्दोलनको कभरेज गरेको आरोपमा कम्तीमा ६ पत्रकारमाथि मुद्दा चलाएको छ । सेनाको यो कदमको विरुद्धमा विज्ञप्ति निकाल्दै आईएफजेले सेनालाई प्रेस स्वतन्त्रताको आफ्नो दायित्व पनि पूरा गर्न आग्रह गरेको हो । म्यानमारमा […]

म्यानमार : प्रदर्शनकारीमाथिको प्रहरी दमनमा बुधबार ९ जनाको मृत्यु

१९ फागुन, काठमाडौं । बुधबार म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेअनुसार प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । बुधबार म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा दुई जनाको मृत्यु भएको छ भने मुख्य सहर यान्गोनमा एकजनाको […]

म्यानमार : अथक प्रयासबीच पनि रोकिएन सेनाविरुद्धको आन्दोलन

१९ फागुन, काठमाडौं । म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा गरेको ‘कू’को विरुद्धमा जारी आन्दोलन निरन्तर जारी छ । आन्दोलन दबाउन उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र रबरको गोली र अश्रुग्यास प्रहार गरिएको छ । तर, प्रदर्शनकारीहरुले निरन्तर प्रर्दशन गर्दै सैन्य कूको विरोध गरिरहेका छन् । फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिएयता म्यानमारमा […]

म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा

१७ फागुन, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध नयाँ मुद्दा चलाइएको छ । सोमबार भिडियो लिंकमार्फत् अदालतमा उपस्थित भएकी सुकीलाई अतिरिक्त फौजदारी मुद्दा लगाइएको हो । म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा निरन्तर आन्दोलन भइरहेको अवस्थामा प्रजातन्त्रवादी नेतृमाथि अतिरिक्त मुद्दा चलाइएको हो । यसअघि सोमबार म्यानमारमा भएको आन्दोलनमा प्रहरीको गोली लागी १८ प्रदर्शनकारीको ज्यान […]

म्यानमारको सेनालाई प्रतिबन्ध लगाउन ईयूका नेताहरु सहमत

११ फागुन, काठमाडौं । युरोपेली संघ (ईयू)का नेताहरु सैन्य ‘कू’को विषयलाई लिएर म्यानमारको सेनालाई प्रतिबन्ध लगाउन तयार भएका छन् । फेब्रुअरी १ मा म्यानमारको सेनाले मुलुकका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । सोमबार बसेको ईयूका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको बैठकले रुसका सरकारी अधिकारीलाई पनि कालोसूचीमा राख्ने निर्णय गरेको छ । रुसका विपक्षी […]

फेसबुकद्वारा म्यानमारको सेनाको प्रमुख पेज बन्द

९ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले म्यानमारको सेनाको प्रमुख पेज बन्द गरिदिएको छ । फेसबुकले आफ्नो हिंसा रोक्ने मापदण्डअनुसार सेनाको पेज बन्द गरिएको बताएको छ । म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु भएको घटनापछि फेसबुकले म्यानमारको सेनाको पेज बन्द गरिदिएको हो । म्यानमारको सेनाले फेब्रुअरी १ मा गरेको कूको विरोधमा अहिले निरन्तर प्रदर्शन भइरहेको छ । […]

म्यानमार : सैनिक ‘कू’विरुद्धको आन्दोलनमा गोली लागेकी महिलाको मृत्यु

७ फागुन, काठमाडौं । म्यानमारमा सेनाले गरेको ‘कू’विरुद्धको प्रदर्शनमा गोली लागि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले हानेको गोली महिलाको टाउकोमा लागेको थियो । गत साता प्रदर्शन रोक्न प्रहरीले चलाएको गोली म्या थवे थवे खाइङलाई लागेको थियो । त्यसपछि उपचार गराइरहेकी उनको मृत्यु भएको हो । म्यानमारमा अहिले सेनाले […]

म्यानमारमा पक्राउ पर्ने झण्डै पाँच सय पुगे, सेनाको वेबसाइट ह्याक गर्ने प्रयास

६ फागुन, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ भएपछि पक्राउ पर्नेको संख्या ४९५ पुगेको छ । पक्राउ परेकाहरुको अहिले अदालतमा मुद्दा चलिरहेको वा केहीलाई जेल सजाय सुनाइएको छ । सेनाले सत्ता हातमा लिएपछि पक्राउ परेका ४९५ जनामा नेता, अधिकारकर्मी र आन्दोलनकारीहरु रहेको म्यानमारको घटनालाई नियालिरहेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (आप)ले बताएको छ । अहिले पक्राउ […]

म्यानमार : सुकीमाथि नयाँ मुद्दा

५ फागुन, काठमाडौं । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि नयाँ मुद्दा चलाइएको छ । यसअघि अवैध ओकेटोकेको प्रयोग गरेको आरोप लगाइएको सुकीलाई अर्कौ मुद्दा पनि चलाइएको हो । भिडियो लिंकबाट अदालतमा उपस्थिति जनाएकी सुकीलाई अर्को मुद्दा पनि चलाइएको हो । अहिलेसम्म सुकीमाथि चलाइएको नयाँ मुद्दा के हो भन्ने खुल्न सकेको छैन । […]

म्यानमार : आम निर्वाचन गराउने सेनाको प्रतिवद्धता, प्रदर्शनकारीले रोके रेल

४ फागुन, काठमाडौं । म्यानमारको सेनाले आम निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेको छ । सेनाले मुलुकमा आम निर्वाचन गराउने र निर्वाचनमा जित हात पार्नेलाई सत्ता सुम्पिने बताएको हो । साथै सेनाले निर्वाचित सरकारलाई हटाउँदै सत्ता आफ्नो हातमा लिनु कू नभएको पनि दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले म्यानमारलाई प्रदर्शनकारीमाथि दमन गरे त्यसको गम्भीर नतिजा भोग्नुपर्ने […]