Comments Add Comment

रजनीकान्त

List Grid
फ्यानलाई रजनीकान्तको अपिल–‘राजनीतिका लागि दबाब नदिनुहोस्’

साउथका सुपरस्टार नायक रजनीकान्तले आफूलाई राजनीतिक दल खोलेर राजनीति गर्नका लागि बारम्बार दबाब नदिन फ्यानसँग अपिल गरेका छन् । उनले, आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने बताएका छन् । रजनीले फ्यानहरुलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेको चिठ्ठीमा भनिएको छ–‘मैले पहिलेदेखि नै विस्तारित रुपमा नै भनिसकेको छु कि […]

अस्वस्थ भएपछि रजनीकान्तले राजनीतिक पार्टी घोषणा गर्न सकेनन्

साउथ सुपरस्टार रजनीकान्तले डिसेम्बर ३१ मा नयाँ राजनीतिक पार्टी घोषण गर्ने कार्यक्रम केही समय अगाडि नै तय भएको थियो । तर, शारीरिक रुपमा अस्वस्थ भएपछि रजनीकान्तले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने कार्यक्रम स्थगित भएको छ । रजनीकान्तले सामाजिक संजालमा ३ पेज लामो प्रेस विज्ञप्ती सार्वजनिक गर्दै जनतासँग माफी मागेका छन् । रजनीकान्तले भनेका छन्–‘नयाँ राजनीतिक […]

फिल्म उद्योगमा रजनीकान्तको ४४ वर्ष

भारतीय फिल्म अभिनेता रजनीकान्तले फिल्म उद्योगमा ४४ वर्ष पुरा गरेका छन् । यो ऐतिहासिक अवसरमा उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा उनलाई वधाइ दिएका छन् । उनलाई प्रसंशकहरुले #44YrsOfRajinism  मार्फत शुभकामना दिइरहेका छन् । बलिउडमा रजनीकान्तलाई मेगास्टार भनिन्छ । उनले २५ वर्षको उमेरमा फिल्म ‘अपूर्व रागंगल’ मार्फत फिल्मी संसारमा कदम राखेका थिए । उक्त फिल्म सन् १९७५ […]

२.० को ओपनिङ ६१ करोड, तर पटकथा फितलो

बिहिबारदेखि रिलिज भएको चलचित्र ‘२.०’ले पहिलो दिनमा राम्रो कमाई गरेको छ । यो चलचित्रले बिहिबार भारतीय बक्स अफिसमा ६१ करोड कमाई गरेको छ । चलचित्रले हिन्दी भाषामा २० करोड कमाई गरेको छ । अन्य विभिन्न भाषामा चलचित्रले ४१ करोड कमाई गरेको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन लगायतका […]

ट्विटरमा ‘२.०’को उच्च प्रशंसा

आजबाट विश्वभरका १० हजार बढी हलमा चलचित्र ‘२.०’ रिलिज भएको छ । यो चलचित्र निर्माण गर्न नै ४ बर्ष लागेको थियो । चलचित्रको बजेट ५ सय करोडको हारहारीमा पुगेको छ । यसैले पनि यो चलचित्रले विश्वभरबाट उच्च व्यापार गर्न आवश्यक छ । चलचित्र रिलिज भएसँगै यसको बिषयमा सामाजिक संजालमा बहस सुरु भएको छ । शंकरको […]

रजनीकान्त र अक्षयको ‘२.०’को टिजर रिलिज

बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रको टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ । चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमारलाई देख्न सकिन्छ । साथमा नायिका एमी ज्याक्सन पनि चलचित्रको एक हिस्सा छिन् । यो चलचित्रको टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत […]

रजनी र अक्षयको ‘२.०’को रिलिज डेट फाइनल

साउथ चलचित्र ‘२.०’को प्रदर्शन मिति बारम्बार सरिरहेको छ । सन् २०१७ देखि रिलिज हुने भनिएको यो चलचित्र सन् २०१८ मा पनि के हुन्छ भन्ने थियो । तर, अब यो चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको छ । चलचित्रका निर्देशक शंकरले यसको प्रदर्शन मिति अब नसर्ने भन्दै ट्विट गरेका छन् । उच्च भीएफएक्सका कारणले गर्दा चलचित्रको बजेट […]

झमेलामा पर्‍यो रजनीकान्तको फिल्म, एक अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा

रजनिकान्तको फिल्म ‘काला’ चाडै रिलिजको तयारीमा छ । तर फिल्म रिलिजको पूर्वसन्ध्यामा कानूनी झमेलामा फसेको छ । मुम्बईर्का क पत्रकारले फिल्म निर्माताहरुमाथि मानहानीको मुद्दा हालेका हुन् । जवाहर नडार नामका ती पत्रकारको दावी छ कि रजनीकान्तले फिल्ममा निभाएको ग्यांगस्टरको क्यारेक्टर आफ्ना बाबु थिरावयिम नडारको वास्तविक जीवनमा आधारित छ । आफ्नो बुवाको चरित्रलाई नकारात्मक रुपमा पेश […]

फिल्म फ्लप हुँदा आफ्नै खल्तीबाट वितरकलाई पैसा दिन्थे रजनीकान्त

दक्षिण भारितय सुपरस्टार रजनीकान्तको जीवन आफैमा रोमाञ्चक सिनेमा जस्तै छ । कुनै बेला उनी मजदुरी गर्थे । सार्वजनिक बसमा यात्रुलाई भाडा उठाउने काम गर्थे । यस्तै धरातलबाट उठेर उनी दक्षिण भारतिय सिनेमाका सर्वाधिक लोकप्रिय ‘हिरो’ बने । दक्षिण भारत मात्र होइन, बलिउडमा पनि उनको खास बर्चश्व रह्यो । रजनीकान्तको हकमा के पनि भनिन्छ भने, बलिउड […]

राजनीतिमा होमिदै रजनीकान्त, विधानसभा चुनाव लड्ने घोषणा

मुम्बई । दक्षिण भारतीय सुपरस्टार अभिनेता रजनीकान्त अब राजनीतिमा आउने भएका छन् । उनले तमिलनाडुमा हुने विधानसभा चुनाव लड्नेसमेत घोषणा गरे । साथै उनले आफ्नै राजनितीक पार्टी बनाउने पनि बताएका छन् । ‘म कायर होइन । त्यसकारण पछि हट्दिन । म आफ्नो कर्तब्यपालना गर्दै अघि बढ्छु,’ उनले भने । उनले तमिलनाडुमा लोकतन्त्र खराब गतिमा हिँडिरहेको […]

एउटा मजदुर कसरी सुपरस्टार बने ? यस्तो छ रजनीकान्तको कथा

रजनीकान्तले डिसेम्बर १२ मा आफ्नो ६६ औं जन्मदिनको केक काटेका छन् । रजनीकान्त, जसले तमिल सिनेमाबाट सिंगो भारतमा ‘सुपरस्टार’को छवी बनाएका छन् । भनिन्छ, भारतीय सिनेमामा अति महंगा अभिनेतामा हुन् उनी । यद्यपी, रजनीकान्तको जीवनशैली उस्तो तडकभडकपूर्ण छैन, जति उनको स्टारडम छ । केही समयअघि उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिइएको […]

रजनीकान्तको अगाडि मलाई सुपरस्टार नभन्नुहोस्ः अक्षय कुमार

बलिउडका चर्चित नायक अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त एउटै चलचित्रमा देखिदैछन् । यी दुइले अभिनय गरेको चलचित्र ‘२.०’ अप्रिल महिनाबाट रिलिजमा आउनेछ । यो चलचित्रमा अक्षय खलपात्रको भूमिकामा छन् । भीएफएक्सका कारण यो चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरेको हो । मिडियामा अहिले अक्षय र रजनीलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ । तर, अक्षयले भने […]

बरुणलाई लागेन अक्षय र रजनीसँग डर ?

बलिउड नायक बरुण धवन अहिले सफलतामा रमाइरहेका छन् । खानपछि बलिउडमा उचाई बनाउने एक मात्र नायकको रुपमा बरुणलाई हेरिएको छ । बरुण अभिनित पछिल्लो चलचित्र ‘जुड्वा २’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढेको छ । बरुणले पनि आफ्ना फ्यानहरुलाई नयाँ नयाँ चलचित्रबाट सरप्राइज दिइरहेका छन् । उनै, बरुणले […]

राजनीतिमा लाग्ने चर्चासँगै रजनीकान्तको विरोध सुरु

दक्षिण भारतमा विशेष प्रतिष्ठा आर्जन गरेका नायक रजनीकान्तको घर अगाडि बिरोध प्रदर्शन सुरु भएको छ । रजनीकान्त राजनीतिमा आउन लागेको खबर फैलिएपछि तमिल मुन्नेत्र पदईको एक संगठनले उनको बिरोध सुरु गरेको हो । रजनीकान्तको घर अगाडि प्रदर्शन सुरु भएपछि प्रशासने सुरक्षा बढाएको छ । रजनीकान्तले तमिल समुदायका व्यक्तिले सामाजिक सञ्जालमा घृणा फैलाएकोमा चिन्ता व्यक्त गरेका […]

अक्षय र रजनीकान्तको चलचित्रको बजेट ३५० करोड

बलिउडमा सय करोड माथिको बजेटमा चलचित्र बनाउँदा लगानी नउठ्ने संभावना धेरै छ । यस बर्षको तिहारमा १ सय करोड माथिको बजेटमा तयार भएको चलचित्र ‘शिवाय’ले लगानी उठाउन सकेन । सुपरस्टारका चलचित्रले पनि सय करोड माथिको बजेटमा लगानी उठाउन मुश्किल परिरहेको छ । तर, साउथका सुपरस्टार रजनीकान्तलाई लिएर भने महंगो बजेटमा चलचित्र बनिरहेका छन् । आउँदो […]

रजनीलाई हेर्न निम्तो बिना नै पुगे सलमान, अक्षयको गरे प्रशंसा(भिडियो रिपोर्ट)

नायक सलमान खान आइतबार मुम्बइमा आयोजना भएको एक चलचित्रको फस्टलुक कार्यक्रममा विना निम्तो नै पुगे । कार्यक्रम थियो, चलचित्र ‘२.०’को फस्टलुक रिलिज । साउथका सुपरस्टार रजनीकान्त अभिनित यो चलचित्रको फस्टलुक मुम्बइमा भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । चलचित्रमा रजनी र नायक अक्षय कुमार मुख्य भूमिकामा छन् । नायिका एमी ज्याक्सनलाई पनि दर्शकले पर्दामा हेर्न […]

मोदीलाई सलामगर्दै रजनीकान्तने भने – नयाँ भारतको जन्म भयो

मुम्बई । भारत सरकारले ५०० सय १००० को नोटको चलनचल्ती बन्द गर्ने निर्णयको बलिउड कलाकारले स्वागत गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धन नियन्त्रण गर्ने उपाय पत्ता लगाएको भन्दै अमिताभ बच्चनदेखी रजनीकान्त समेतले मोदीको प्रसंसा गरेका छन् । अमिताभले ट्वीट गर्दै भनेका छन् ‘पिंक रंगमा २००० को नोट यो ‘पिंक’ को प्रभाव हो । […]

जब धोनीले रजनीकान्तलार्इ भेटे….

आउनै लागेको फिल्म ‘एमएस धोनी ‘द अनटोल्ड स्टोरी’ को प्रमोसनका लागि चेन्नाइ पुगेका एमएस धोनी सुपरस्टार रजनीकान्तसँग भेट्न पुगे । खेल तथा सिनेमाको दुई हस्तीहरुलाई एक साथ देख्न पाउनु महत्वपूर्ण कुरा हो । यी दुई हस्तीहरुबीचको भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जसलाई फक्स स्टार इन्डियाले आफ्नो ट्वीटरमा शेयर गरेको छ । समाचारहरु अनुसार धानी […]

यस्तो पनिः रजनीकान्तको फिल्म हेर्नका लागि कर्मचारीलाई छुट्टी

जब भारतको चेन्नई र ब्याङलौर लगायतका केही शहरका कर्मचारीले जुलाई २२ अर्थात आउँदो शुक्रबार कार्यलय नआउने भन्दै बिदाको माग गरे, धेरै कम्पनीले सार्वजनिक सूचना निकालेरै छुट्टी दिए । उनीहरुले विशेष बिदाको घोषणा गरेका छन् । उनीहरुले बिदा दिनुको एउटै कारण थियो, साउथका सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘कबाली’को प्रदर्शन । कर्मचारीहरुले रजनीकान्तको चलचित्र पहिलो दिन फस्ट […]

यस्तो पो स्टारडमः रजनीकान्तको फिल्म प्रचारका लागि रंगियो प्लेन

साउथका सुपरस्टार रजनीकान्तको स्टारडम कति छ भन्ने जान्नका लागि हालै मात्र उनको एक चलचित्रको प्रचार शैली हेरे पुग्छ । रजनीकान्तले अभिनय गरेको चलचित्र ‘कबाली’ १५ जुलाइमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि एयर एसियाका केहि प्लेन नै रंगिएका छन् । एयर एसिया यो चलचित्रको एयरलाइन्स पार्टनर हो । यसैले प्लेनमा रजनीकान्तको तस्बिर नै राखेर […]

प्रदर्शन अगावै रजनीकान्तको चलचित्रलाई २ सय करोड

साउथका सुपरस्टार नायक रजनीकान्तको नयाँ चलचित्र ‘कबाली’को टिजर मात्र सार्वजनिक भएको छ । तर, यो चलचित्रको चर्चा अहिले खुबै चुलिएको छ । यो चलचित्र १६० करोडको लागतमा बनेको हो । तर, चलचित्रको प्रदर्शन अगावै यसले २ सय करोड कमाएको छ र निर्मातालाई ४० करोड फाइदा भैसकेको छ । चलचित्रको सेट्लाइट र वितरण अधिकार विक्री गरिएको […]