+
+
Shares

रजनीकान्तको फिल्म करिअर ५० वर्ष पुरा, बधाई दिँदै मोदीले भने : प्रतिष्ठित

मोदीले एक्समा लेखेका छन्, ‘थलैवालाई चलचित्र क्षेत्रमा ५० गौरवमयी वर्ष पूरा गरेकोमा बधाई । उहाँको चलचित्र यात्रा साँच्चिकै प्रतिष्ठित छ, जसमा स्मरणीय पात्रहरू र अद्भुत अभिनयहरूले पुस्तौँसम्म करोडौँ दर्शकमाथि गहिरो छाप छोडेका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री नरेन्द्र मोदीले सुपरस्टार रजनीकान्तलाई भारतीय सिनेमामा ५० वर्ष पूरा गरेकोमा बधाई दिएका छन्।
  • मोदीले रजनीकान्तको चलचित्र यात्रालाई 'प्रतिष्ठित' भएको उल्लेख गर्दै निरन्तर सफलता र दीर्घायुको शुभकामना दिएका छन्।
  • रजनीकान्तले मोदीलाई धन्यवाद दिँदै यस्तो शुभकामना पाउनु ठूलो सम्मान भएको बताएका छन्।

चेन्नई । प्रधानमन्त्री नरेन्द्र मोदीले सुपरस्टार रजनीकान्तलाई भारतीय सिनेमामा ५० वर्ष पूरा गरेकोमा बधाई दिँदै उनको यात्रालाई ‘प्रतिष्ठित’ भएको बताएका छन् ।

मोदीले एक्समा लेखेका छन्, ‘थलैवालाई चलचित्र क्षेत्रमा ५० गौरवमयी वर्ष पूरा गरेकोमा बधाई । उहाँको चलचित्र यात्रा साँच्चिकै प्रतिष्ठित छ, जसमा स्मरणीय पात्रहरू र अद्भुत अभिनयहरूले पुस्तौँसम्म करोडौँ दर्शकमाथि गहिरो छाप छोडेका छन् । उहाँको निरन्तर सफलता, स्वास्थ्य र दीर्घायुको शुभकामना गर्दछु ।’

मोदीलाई प्रतिक्रिया दिँदै रजनीकान्तले धन्यवाद व्यक्त गरेका छन् । ‘आदरणीय प्रधानमन्त्रीज्यू, तपाईंको हार्दिक शुभकामनाका लागि म अत्यन्त आभारी छु । मैले लामो समयदेखि उच्च सम्मान गर्दै आएको नेताबाट यस्ता शुभकामना पाउनु मेरो लागि ठूलो सम्मान हो । तपाईंको उदार शब्दहरूका लागि धन्यवाद । जय हिन्द ।’

सन् १९७५ मा के. बालाचन्दर निर्देशित ‘अपूर्व रागांगल’ फिल्मबाट आफ्नो करियर सुरु गरेका रजनीकान्त आज पनि आफ्नै शैली र स्टारडमका कारण भारतभर चर्चित छन् ।

यो अवसरमा विभिन्न राजनीतिक नेता, चलचित्रकर्मी र प्रशंसकहरूले पनि उनलाई शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?