+
+
Shares

रिलिज हुन ६ दिन बाँकी छँदै भारतमा ‘कुली’ले कमायो २५ करोड

३० मिनेटमै ४० हजार टिकट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रजनीकान्त स्टारर फिल्म 'कुली'ले भारतमा रिलिज हुन ६ दिन बाँकी रहँदा २५ करोडभन्दा बढी टिकट बिक्री गरेको छ।
  • 'कुली'ले ओभरसिज बजारमा ७० देखि ८० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ।
  • ऋतिक रोशन स्टारर 'वार २'को प्रि-सेल्स 'कुली'को भन्दा पाँच गुणा कम छ र नेपालमा रिलिज पक्का छैन।

मुम्बई । रिलिज हुन ६ दिन बाँकी छँदै रजनीकान्त स्टारर ‘कुली’ले भारतमा शुक्रबारसम्म २५ करोडभन्दा धेरै रकमको टिकट बिक्री गरेको छ ।

रिलिज हुन अझै समय बाँकी भएकाले प्रि-सेल्सको आँकडामा अझै वृद्धि हुन सक्ने देखिन्छ ।

प्रिमियरको समेत कमाइ हेर्दा ‘कुली’ले भारतबाहिर ओभरसिजमा मात्रै ७० देखि ८० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

ओभरसिज र भारतीय दुबै बजारको कलेक्सन हेर्दा फिल्मको ओपनिङ १३० देखि १४० करोडसम्म हुने प्रक्षेपण ब्यापार विश्लेषकहरूले गरेका छन् ।

अर्कोतर्फ, ऋतिक रोशन र जुनियर एनटीआर स्टारर फिल्म ‘वार २’को प्रि-सेल्स ‘कुली’को भन्दा ५ गुणाले कम छ । ‘कुली’को टिकट बिक्रीको आँकडा हासिल गर्न ‘वार २’ले भारतमा मात्र एक्लै ९० करोड भारु कमाउनुपर्ने देखिएको छ ।

रिलिजको लागि ६ दिन बाँकी रहँदा शुक्रबारसम्म ‘वार २’को ओभरसिज कलेक्सन जम्मा ५ करोड भारु ग्रससम्म छ । यो आँकडा हेर्दा ओपनिङमा रजनीकान्त स्टाररले ऋतिक रोशनको स्पाइ युनिभर्सको फिल्मलाई उछिन्ने देखिएको छ ।

३० मिनेटमै ४० हजार टिकट बिक्री

अभिनेता रजनीकान्तलाई दक्षिण भारतमा भगवान मान्नेको संख्या धेरै छ । उनको लोकप्रियता हरेक फिल्मको रिलिजअघि दक्षिण भारतीय राज्यहरूमा स्पष्ट देखिन्छ ।

शुक्रबारदेखि दक्षिण भारतीय राज्यहरूमा ‘कुली’को एड्भान्स टिकट बिक्री सुरु भएको छ । ३० मिनेटमा ४० हजार टिकट बिक्री भएको विवरण केही भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

यो क्रेज हेर्दा, दक्षिण भारतमा रजनीकान्तको क्रेज भर्खर हुँदै गरेजस्तो देखिन्छ । नेपालमा यो फिल्मको अग्रिम टिकट बिक्री सोमबारदेखि हुने जनाइएको छ ।

अर्कोतर्फ, शुक्रबारसम्म ‘वार २’ नेपालमा आउने निश्चित भैसकेको छैन । यदि रिलिज भएको खण्डमा नेपाली बक्सअफिसमा दुई भारतीय फिल्मको बक्सअफिस भीडन्त रोचक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?