Comments Add Comment

राष्ट्रसंघ

List Grid
अमेरिका–चीन सम्बन्धमा सुधार नआए शीतयुद्धको जोखिम : राष्ट्रसंघ

४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरसले अमेरिका र चीनले आपसी सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन् । शीतयुद्धको चेतावनी दिँदै उनले अहिले यी दुई मुलुकको सम्बन्ध अस्तव्यस्त रहेको बताएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा गुटेरसले यी दुई मुलुकको सम्बन्धमा देखिएको तनावको असर अन्य मुलुकमा फैलिनबाट रोक्न पनि उनीहरुले सम्बन्ध सुधार गर्नुपर्ने […]

अफगानिस्तानको मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउँदै राष्ट्रसंघ

२८ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउने भएको छ । राष्ट्रसंघले सोमबार त्यसका सहयोग सम्मेलन आयोजना गरेको छ । अफगानिस्तानलाई तालिबानले आफ्नो नियन्त्रणमा लिएसँगै अब त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्ने यूएनको आशंका छ । तालिबानले अफगानिस्तानलाई कब्जामा लिनुभन्दा पहिला नै अफगानिस्तानका करिब एक करोड ८० […]

राष्ट्रसंघ महासभामा नेपालको सहभागिता अन्योल

१७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभा यही सेप्टेम्बर १४ (भदौ २९ गते) बाट शुरु हुँदैछ । तर, अहिलेसम्म महासभामा नेपालबाट कुन तहको सहभागिता हुने भन्ने निश्चित भइसकेको छैन । कारण हो-परराष्ट्र मन्त्रालय नेतृत्वविहीन हुनु । परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हामी परराष्ट्रमन्त्री कुरिरहेका छौं, मन्त्रीको नियुक्तिपछि निर्णय गर्न सहज होला ।’ महासभामा […]

राष्ट्रसंघले भन्‍यो : सन् २००० पछि पहिलोपटक बालश्रम बढ्यो

२७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघले छिल्लो दुई दशकमा पहिलोपटक बाल श्रम बढेको बताएको छ । राष्ट्रसंघका अनुसार अहिले विश्वभर श्रमिक बालबालिकाको संख्या १६ करोड पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यो संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघले बताएको छ । राष्ट्रसंघको बालबालिका कोष (युनिसेफ) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक […]

महामारीमा राष्ट्रसंघको सहयोग नलिने भारतको निर्णय

१६ वैशाख, काठमाडौं । कोभिड-१९को महामारीमा भारतले संयुक्त राष्ट्रसंघले प्रस्ताव गरे अनुसारको सहयोग नलिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्य मुलुकसँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए । यद्यपि, भारतले भने राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार गुटेरसका उपप्रवक्ता […]

मानव अधिकार आयोग नियुक्तिबारे राष्ट्रसंघलाई सरकारको आजै जवाफ

२४ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्ति प्रक्रिया संवैधानिक भएको जिकिर गर्दै सरकारले आजै राष्ट्रसंघलाई जवाफ पठाउने भएको छ । प्रधानमन्त्री कार्यालयले तयार पारेको जवाफ मानव अधिकार आयोग पुगेको र आजै उक्त जवपाफलाई राष्ट्र संघमा पठाइने स्रोतले बतायो। आयोगमा सरकारले गरेको नियुक्तिप्रति चासो राख्‍दै राष्ट्रिय मानव अधिकार संस्थाहरुको विश्वव्यापी सञ्जाल (गाङही)ले पठाएको […]

राष्ट्रसंघलाई म्यानमारको सेनाको जवाफ : प्रतिबन्धको सामना गर्न तयार छौं

२० फागुन, काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई प्रतिबन्धको सामना गर्न तयार रहेको बताएको छ । फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा सत्ता आफ्नो हातमा लिएको विषयलाई लिँदै राष्ट्रसंघले म्यानमारमाथि प्रतिबन्धको चेतावनी दिएको छ । चेतावनीको जवाफमा म्यानमारको सेनाले राष्ट्रसंघका प्रतिनिधिलाई यस्तो जवाफ फकाएको हो । म्यानमारको लागि राष्ट्रसंघकी प्रतिनिधि क्रिस्टाइन स्क्रानर बर्गेनरले […]

प्रधानसेनापति क्षत्रीले राष्ट्रसंघका उच्च अधिकारीलाई भेटे

२२ वैशाख, काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति क्षत्रीले राजनीतिक बिभागका उपमहासचिव जेफरी फेल्टम्यान, फिल्ड सपोर्ट बिभागका उपमहासचिव अतुल खारे, पिस किपिङ अपरेसन बिभागका सहमहासचिव दिमित्री टिटोभसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । त्यस्तै उनले न्युयोर्कस्थित नेपालका स्थायी नियोग प्रतिनिधि तथा राजदूत […]