+
+
Shares

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गरेका छन्।
  • उनी ८ असोजमा महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।
  • भोटेकोशी बाढीबाट भएको जनधन क्षतिपछि उनले जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ।

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

उनी केहीबेर अघिमात्रै कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।

४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ ।

महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?