+
+
Shares

प्रधानमन्त्री ओली राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी सम्मेलनमा सहभागी

सेभिया आइपुगेका प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सेभिया पुगेपछि संयुक्त राष्ट्रसंघको चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन्।
  • सचिवालयले जनाएको अनुसार, सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ।
  • प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेट गरी नेपाल भ्रमणको इच्छा व्यक्त गरेका थिए।

१६ असार, बार्सिलोना। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् ।

सेभिया आइपुगेका प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सम्‍मेलनमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव अमृत राईलगायतका नेपाली प्रतिनिधिमण्डल सहभागी छन् ।

यसअघि आइतबार साँझ सेभियामा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेट गरेका थिए ।

भेटमा सान्चेजले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको जनाएपछि प्रधानमन्त्री ओलीले उनलाई निमन्त्रणा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?