News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यका लागि १७ युवा नेताको सूचीमा नेपालकी ऐश्वर्या श्रेष्ठलाई समावेश गरेको छ।
- ऐश्वर्या श्रेष्ठ हार्ट अफ नेपाल र अन्तध्र्वनी नेपालकी सह–संस्थापक हुन् र बालबालिका शिक्षा र मानसिक स्वास्थ्यमा काम गर्दै आएकी छिन्।
- यस वर्ष १५० भन्दा बढी देशका ३३,००० भन्दा बढी आवेदनबाट १६ देखि ३३ वर्ष उमेर समूहका १७ युवा नेताहरू चयन भएका छन्।
१२ कात्तिक, काठमाडौं। संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यहरूका लागि घोषणा गरेका १७ जना युवाहरूको नयाँ सूचीमा नेपालकी ऐश्वर्या श्रेष्ठ परेकी छन् ।
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नयाँ स्थापना गरिएको संयुक्त राष्ट्रसंघ युवा कार्यालयमार्फत सार्वजनिक गरिएको यो सूची युवाहरूको पाँचौँ संस्करण हो । २०१६ मा महासचिवको युवा दूत कार्यालयबाट यो पहल सुरु भएको र अहिले नयाँ स्वरूपमा निरन्तरता दिइएको राष्ट्रसंघले जनाएको छ।
यस वर्षको समूहमा १७ जनामध्येमा परेकी श्रेष्ठलाई ‘हार्ट अफ नेपाल’ र ‘अन्तध्र्वनी नेपाल’ की सह–संस्थापक हुन् । यी संस्थामार्फत उनी दलित र जनजाति समुदायसँग मिलेर बालबालिकाको शिक्षा, आमाहरूको सशक्तीकरण र पहुँच नपुगेका क्षेत्रहरूमा मानसिक स्वास्थ्य सेवाको विस्तारमा योगदान दिँदै आएको राष्ट्रसंघले जनाएको छ । ‘ऐश्वर्याको चयनले नेपाली युवाको नेतृत्व र आवाजलाई विश्वमञ्चमा प्रतिनिधित्व गरेको छ,’ राष्ट्रसंघ नेपाल कार्यालयले जनाएको छ ।
हरेक दुई वर्षमा, संयुक्त राष्ट्रसंघ युवा कार्यालयले विश्वका ती युवा परिवर्तनकर्मीहरूलाई ‘एसडीजी युवा नेता’ का रूपमा सम्मान गर्छ, जो संसारका सबैभन्दा चुनौतीपूर्ण समस्याहरूका समाधान खोज्ने गर्छन्। यी नेताको नेतृत्वले एसडीजीको प्राप्तिमा योगदान पुर्याइरहेको राष्ट्रसंघले जनाएको छ ।
यस वर्षको सुरुवातमा गरिएको खुला आवेदन आह्वानमा १५० भन्दा बढी देशका ३३,००० भन्दा बढी आवेदन प्राप्त भएका थिए। १६ देखि ३३ वर्ष उमेर समूहका यी १७ युवा विश्वका विभिन्न भागबाट आएका हुन्। कलाकार, संस्थापक, सामुदायिक अभियन्ता, खेलाडी, चिकित्सक, शान्तिनिर्माता, उद्यमी र वैज्ञानिकहरु यो सूचीमा समावेश छन् ।
‘२०२५ का यी युवा नेताहरू विश्वका हरेक कुनामा परिवर्तन ल्याइरहेका युवाहरूको साहस, सिर्जनात्मकता र प्रतिबद्धताको प्रमाण हुन् । जलवायु संकटसँग जुध्नेदेखि मानसिक स्वास्थ्य प्रवद्र्धन, शिक्षा पुनर्कल्पनादेखि शान्तिको पक्षमा बोल्नेसम्मका काम उनीहरुले गरेका छन्।
उनीहरू आजका चुनौतीहरूसँग मात्र जुधिरहेका छैनन्, उनीहरूले भविष्यको रूपान्तरण गरिरहेका छन्। विभाजन र अनिश्चितताको समयमा, उनीहरूले संयुक्त राष्ट्रसंघको वास्तविक भावना — एकता, कार्य र भोलिको आशा– झल्काउँछन्,’ संयुक्त राष्ट्रसंघका युवा मामिला सह–महासचिव फिलिपे पाउलियरले भने ।

२०२५ का एसडीजीका युवा नेताहरू
एडेलिन पियर – हाइटी (३३ वर्ष): शान्तिनिर्माता र वातावरणीय अभियन्ता
ऐश्वर्या श्रेष्ठ – नेपाल (२८ वर्ष): समाजसेवी, शोधकर्ता र हार्ट अफ नेपाल र अन्तध्र्वनी नेपालकी सह–संस्थापक
एन्थुरियम लुइस – ट्रिनिडाड र टोब्यागो (१६ वर्ष): फ्रुट फर टुमरोकी संस्थापक र बालअधिकारकी दूत
डिकाटाउना क्वा – पपुआ न्यूगिनी (२७ वर्ष): जीवविज्ञानी, सामाजिक उद्यमी
एन्जो रोमेरो – पेरु (३३ वर्ष) मेकाट्रोनिक्स इन्जिनियर, बायोनिक नवप्रवर्तक
हाफ्सत (हाभ्फी) अब्दुल्लाही – नाइजेरिया (२५ वर्ष): बहु–पुरस्कार विजेता कवि
ज्याक्स क्विबुका – रुवाण्डा (२६ वर्ष): यौन तथा प्रजनन स्वास्थ्य अधिकारका अभियन्ता ड्डमरियम सोलिका – इजिप्ट (२६ वर्ष)ः दि गुड न्यूजकी संस्थापक र प्रमुख कार्यकारी
मार्टिन भास्केज जोन्स – अर्जेन्टिना (३० वर्ष): राजनीतिक विज्ञ, वातावरणीय अभियन्ता
निला इब्राहिमी – अफगान शरणार्थी (क्यानडा–आधारित, १८ वर्ष): बालिकाको शिक्षाका पक्षमा अभियन्ता
पान्हा थेङ – क्याम्बोडिया (३० वर्ष): कथावाचक
सह्बा एल–शावा – जोर्डन/प्यालेस्टाइन (३२ वर्ष): अन्तरिक्ष तथा दिगोपन अनुसन्धानकर्ता
सहीरा अल–नाहारी – साउदी अरब (२८ वर्ष): चिकित्सक, स्वास्थ्य कानुन विशेषज्ञ
स्टेफान कुलिमुशी मुतान्डा – डिआरसी शरणार्थी (युगान्डा–आधारित, १९ वर्ष): बास्केटबल खेलाडी, प्रशिक्षक
सुजुका नाकामुरा – जापान (२५ वर्ष): तेस्रो पुस्ताकी हिरोशिमा पीडित सन्तान (हिबाकुशा) तनात्स्वा अमान्डा चिकाउरा – जिम्बावे (२६ वर्ष): मानसिक स्वास्थ्यकी अभियन्ता
थियोडोरा मिलेस्का – उत्तर म्यासेडोनिया (२५ वर्ष): नारीवादी शिक्षिका
प्रतिक्रिया 4