Comments Add Comment

राहत वितरण

List Grid
सप्तरीका बाढीपीडित ९० परिवारलाई राहत वितरण

२९ भदौ, सप्तरी । सप्तरीका अति विपन्न ९० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित भएका हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई त्रिपाल, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो । भोर संस्थाको पहल तथा काठमाडौंमा रहेको टेवा संस्थाको सहयोगमा हनुमाननगर कंकालिनीका ३० जना र तिलाठी कोइलाडी गाउँपालिकाका ६० परिवारलाई मंगलबार […]

राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भयो : मन्त्री पौडेल

२० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए । उनले भने, ‘सरकार रमिते भएर होइन, प्रो एक्टिभ भएर परिचालित छ ।’ प्रदेश […]

तेक्वान्दो प्रशिक्षकको पहलमा ११ सुकुम्वासी परिवारलाई चामल सहयोग

जेठ २६, काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक अशोक खड्काको पहलमा काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–६ का सुकुम्वासी परिवारलाई राहत प्रदान गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका ११ सुकुम्वासी परिवारलाई चामल प्रदान गरिएको हो । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ […]

गोलबजारका विपन्न परिवारलाई राहत प्रदान

३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण […]

कोरोना प्रभावित ८०० परिवारलाई राहत वितरण

६ पुस, वीरगञ्ज । नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा राहत वितरण गरेको छ । कोभिड-१९ बाट प्रभावित दलित विपन्न समुदायलाई खाद्यान्न सामग्री वितरण गरेको हो । पर्साको अलौ, सुगौली, लक्ष्मीपुर, रौतहटको गरूडा, सर्लाहीको चन्रद्ररनगरका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको थियो । तराईको दलित लक्षित राहत कार्यक्रमको संयोजन पत्रकार चन्द्रकिशोरले गरेका थिए । […]

पर्सामा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार

२४ असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका–८ मननपुरकी जैरुल नेसाको काखे बच्चा छ । श्रीमान वीरगञ्जमा अटो चलाउँछन् । कोरोना महामारीविरुद्ध ०७६ चैत ११ गतेबाट लकडाउन जारी भएपछि उनको आम्दानीको बाटो बन्द छ । अझैसम्म बजारमा अटो चलाउने वातावरण तयार भइसकेको छैन । घरमा उनको ४ वर्षको छोरा र १५ महिनाकी छोरी छन् । आम्दानीको […]

सप्तरीका मुसहर समुदायलाई खाद्यान्न वितरण

३२ जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका २ सय ७२ मुसहर परिवारलार्य राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा दलित सरोकार मञ्च कञ्चनरुपले नगरपालिकाभित्रका २ सय ७२ परिवारलाई राहत बाँडेको हो । वडा नम्बर ४ का १ सय १२ परिवार, वडा नम्बर १० का […]

प्रदेश २ मा राहत : नाम टिपाउनै दस्तुर तिर्नुपर्छ !

१५ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले रकम पठाएको महिना दिनमा पनि धेरैजसो स्थानीय तहमा राहत वितरण भएको छैन । लकडाउनको समयमा राहत नपाउँदा विपन्नहरूको बेहाल भएको छ । कतिपय स्थानीय तहले सामान खरिद गर्न टेण्डर नै गरेका छैनन् । प्रदेश सरकारले लकडाउनमा राहतका लागि गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उप–महानगरपालिकालाई २० लाख र […]

राहत वितरण गर्दा ध्यान दिनैपर्ने कुराहरु

“मेरो बच्चा २४ दिनको भयो ।….आफ त जसोतसो बाचौला, बच्चालाई खुवाउने कुराको अभाव भो” “…कार्यक्रम हेरिरहनुभएको कसैले राहत वितरण गरिरहनुभएको छ वा कसैले सहयाग गर्न चाहनुहुन्छ भने उहाँलाई सहयोग गरिदिनु होला, बच्चालाई कम्तिमा एक महिनाका लागि पुग्ने पाउडर दूध दिनुहोला….।” एक टेलिभिजन कार्यक्रममा प्रस्तोता र फोन सम्पर्कमा आएकी सुत्केरीबीचको कुराकानी हो यो । लकडाउन भएको […]

शान्ति समाजद्वारा गुह्येश्वरीका विपन्न परिवारलाई राहत

२ वैशाख, काठमाडौं । मानवअधिकार तथा शान्ति समाज काठमाडौंले मंगलबार बिहान काठमाडौंमा राहत वितरण गरेको छ । गुह्येश्वरीस्थित असहाय बाच्छाबाच्छी संरक्षणस्थल रहेको चौर नजिकैका विपन्न परिवारलाई समाजले चामल, तेल, पिठो गरी ७३ हजार ५ सयको राहत सामग्री वितरण गरेको हो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको उपस्थितिमा केन्द्रीय सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं […]

वीरगञ्ज-१४ मा राहत वितरण

२५ चैत, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ६० परिवारलाई राहत वितरण गरिएको छ । ख्रिष्टियन समाज पर्साले वीरगञ्ज महानगरपालिका-१४ मा समस्यामा परेका ६० जनालाई राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको […]

गाउँपालिका राहत बाँड्न बोलाउने, प्रहरी पक्रिने

२२ चैत, वीरगञ्ज । हेटौंडाबाट राहत सामग्री लिएर पर्सा आएका एक गैरसरकारी स‌ंस्था भोरका अध्यक्ष राजकुमार महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सखुवाप्रसौनी गाउँपालिका-१ धाँगड (उराव) बस्तीमा राहत लिएर आएका महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महतोसहित हेटौंडाका रमेश सापकोटा, जागृत पौडेल, जीतपुरका कामेश्वर चौरसिया र सिमराका प्रकाश पौडेललाई प्रहरीले नियन्त्रणमा […]

महोत्तरीको मुसहर र बातर वस्तीमा ‘न्यानो’ वितरण

२ माघ, महोत्तरी । शीतलहरबाट प्रभावित बनेका भङ्गाहा नगरपालिकाका ७० घरपरिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीय संघ सँस्थाहरूले राहत वितरण गरेको गरेका छन् । भङ्गाहा नगरपालिका- ४ स्थित विपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई न्यानो बितरण गरिएको हो । भंगाह नगरपालिका-४ स्थित रामनगरका अतिबिपन्न परिवार र मुसहर समुदायका ३९ परिवारलाई नगर पत्रकार संजाल […]

मोरङका बाढी पीडितलार्इ एनअारएन डेनमार्कको राहत

१८ भदौ विराटनगर । गैरआवासीय नेपाली संघ डेनमार्कले मोरङका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । डेनमार्कवासी नेपालीहरुले रतुवामाई नगरपालिका ५ गोविन्दपुरका बाढी पीडितहरुलाई आइतबार राहत सामग्री वितरण गरेका हुन् । डेनमार्कवासी नेपालीहरुद्वारा संकलित डेढलाख मूल्य बराबरको राहत सामग्री गोविन्दपुर र मुसरभिट्टाका १५० घरपरिवार बाढी पीडितहरुलाई राहत वितरण गरिएको थियो । नेपाली जनसम्पर्क समिति डेनमार्कका […]