+
+
Shares

राहत वितरणमा एकद्धार प्रणाली नभन्न सरकारलाई राष्ट्रिय सभा सदस्यहरूको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको विनाशकारी बाढीपछि राष्ट्रिय सभामा सांसदहरूले खोजी, उद्धार र राहत वितरणबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
  • नरबहादुर बिष्टले राहत वितरणमा एकद्धार प्रणालीले विपत्तिमा थप समस्या हुने भन्दै कडा निगरानी गरेर सुचारु गराउन आग्रह गरे।
  • जयन्तीदेवी राईले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिन रहेको र महिला तथा बालबालिका बढी समस्यामा परेको बताइन्।

१६ भदौ, काठमाडौं । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थाबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।

राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनीहरूले सरकारले गरिरहेको खोजी, उद्धार र राहत वितरणको विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर बिष्टले राहत वितरणमा एकद्धार प्रणाली नभन्न सरकारलाई सुझाव दिए ।

‘राज्यले राहत दिने विषयमा एकद्धार प्रणाली भनेको छ । विपत्तिको बेला एकद्धार प्रणालीले थप मान्छेलाई आक्रान्त बनाउँछ । त्यसैले कडा निगरानी गरेर राहत वितरणलाई सुचारु गराउन अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

साथै बेपत्ताको खोजी र उद्धारमा थप गम्भीर बन्न पनि उनले आग्रह गरे । नेकपाकी सांसद जयन्तीदेवी राईले प्रभावित क्षेत्रमा राहत पुर्याउन कठिन रहेको बताइन् ।

प्रभावित क्षेत्रका महिला र बालबालिका झन समस्यामा परेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

नेपाली कांग्रेसका सांसद नाराणदत्त मिश्रले जलवायु परिवर्तनको कारण नेपालले दु:ख भोग्नु परिरहेको बताए ।

साथै, बस्ती बसाल्दा र भौतिक संरचना निर्माण गर्दा तटीय क्षेत्रका निम्ति कडा नियम बनाउन आवश्यक रहेको उनले सुझाएका छन् ।

नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?