Comments Add Comment

रीमा विश्वकर्मा

List Grid
कलाकारहरु भन्छन्ः सहयोग वाध्यात्मक होइन, स्वेच्छिक कुरा हो

कोरोनाबाट सुरक्षित रहनको लागि नेपाल पूर्ण रुपमा लकडाउन छ । विगत १ महिनादेखिको लकडाउनले गर्दा दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु समस्यामा परेका छन् । चलचित्रमा काम गरेर पेट पाल्नेहरुको पनि यही अवस्था छ । कतिपय चलचित्रकर्मीहरुले चलचित्र प्राविधिक तथा समस्यामा परेका मजदुरहरुलाई सहयोग पनि गरिरहेका छन् । कतिपय कलाकार भने यस मामिलामा मौन छन् […]

रीमाको गुनासो: चिया बनाउन सिकेको हुँ, बम होइन’

अहिले सामाजिक सञ्जालमा अभिनेत्री रीमा विश्वकर्माको खुबै ट्रोल आइरहेका छन् । उनले क्वारेन्टाइन बसाइँमा कालो चिया बनाउन सिके भनेर दिएको अभिव्यक्तिलाई लिएर रीमाको ट्रोलहरु बनिरहेका छिन् । फेसबुक लाइभमा आएकी रीमालाई उनका शुभचिन्तकले प्रश्न सोधेका थिए, ‘क्वारेन्टाइन बसाइँमा के पकाउन सिक्नुभयो ?’ यस प्रश्नको उत्तरमा उनले आफूले कालो चिया बनाउनको सिकेको बोलेकी थिइन् । जुन […]

रीमाको तर्क–‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी ?’

गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् । यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर […]

सारीमा रीमा

रीमा विश्वकर्माको परिचय अहिले रियालिटी शो होस्टको रुपमा बढी छ । किनकी, ‘नेपाल आइडल, कमेडी च्याम्पियन’ जस्ता रियालिटी शो उनले होस्ट गरेकी छिन् । यसैले, रीमालाई चिन्नेहरुले उनलाई होस्टको रुपमा बढी चिन्छन् । रीमाको चलचित्र यात्रा भने सुखद छैन । उनी, चलचित्र ‘हिजो आजका कुरा’मा काम त गरिरहेकी छिन् । तर, दर्शक उनकै कारणले हलसम्म […]

केकी–रीमा र ऋचाको सहकार्य

हुनत, चलचित्र बजारमा नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रताको चर्चा हुन्छ । तर, चलचित्रकर्मीको छनोटमा भने केकी र ऋचा बढी परेका छन् । रीमा र वेनिशाको करिअर चलचित्र बजारमा सुखद छैन । असफल चलचित्र दिएपनि केकी र ऋचालाई चलचित्रको अभाव भने छैन । चलचित्र बजारमा केकी, बेनिशा र रीमाको चर्चा भएपनि चलचित्रमा […]

भुवनकी दुलही बनिन् रीमा

नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको […]

भूवन भन्छन्–‘रीमा मेरो मनपर्ने नायिका’

नायक भूवन केसीले नायिका रीमा विश्वकर्मालाई आफ्नो मनपर्ने नायिका भनेका छन् । नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले पहिलो पटक चलचित्रको पर्दामा रोमान्स गर्दैछन् । चलचित्र ‘मिस्टर नेपाली’को पत्रकार सम्मेलनमा उपस्थित भूवनले नायिका रीमालाई फुर्काउँदै उनको कामबाट आफू प्रभावित भएको बताए । उनले भने–‘रीमा मेरो बेष्ट नायिका हुन् । उनको कामबाट म प्रभावित छु […]

‘मिस्टर नेपाली’को घोषणा, भूवनसँग रीमाको जोडी

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मिस्टर नेपाली’को आज औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ । यो चलचित्रमा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई […]

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै

केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् । यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत गरिएको […]

‘सरकारी जागिर’मा केकी र रीमा

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को निर्माण, प्रदर्शन र विदेश यात्रा सकेपछि नायिका केकी अधिकारीको चर्चा मिडियामा खासै सुनिदैन । आफैले निर्माण गरेकाले पनि केकी अधिकारी चलचित्रको लागि खुबै दौडिइन् । उनले, चलचित्रको कामको प्रेसरमा आफू किन फेन्ट नभएको होला भनेर आफैलाई प्रश्न पनि गरिन् । उनै, केकी अधिकारी अब ‘कोहलपुर एक्सप्रेस’को दौडधुपबाट बाहिर निस्किएकी छिन् । उनै, […]

थाइल्याण्डमा केकी, वेनिशा र रीमाको मस्ती

थाइल्याण्डको हावापानी पनि गज्जबको छ । जब, कुनै मोडल वा नायिका थाइल्याण्ड पुग्छन् उनीहरुलाई त्यहाँको हावापानीले छोइदिन्छ । नेपालमा साधारण भएर हिड्ने सुन्दरीहरु थाइल्याण्डको हावापानीमा भिजेपछि बोल्ड बनिदिन्छन् । नेपाली चलचित्र क्षेत्रका ३ नायिकाहरुको तस्बिर हेर्दा अहिले यस्तै भन्न सकिन्छ । नायिका केकी अधिकारी, वेनिशा हमाल र रीमा विश्वकर्मा मिल्ने साथी हुन् । उनीहरु, चलचित्र […]

बेनिशा र विशालको विग्रिएको सम्बन्ध, बीचमा परिन् केकी

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’को निर्माण घोषणा गर्दै गर्दा, धेरैले अचम्म माने । कारण, यो चलचित्रमा केकीका २ मिल्ने साथी अटाएका थिएनन् । केकीको निकटता चलचित्र क्षेत्रमा आएदेखि नै नायिकाद्वय रीमा विश्वकर्मा र वेनिशा हमालसँग देखिन्छ । अहिले पनि यी ती जना उत्तिकै घनिष्ठ छन् । केकीले बनाएको चलचित्रमा यी २ नायिका नअटाउँदा त्यसले […]

केकी र रीमाको ‘सी.ओ.डब्लू काउ’ रिलिज

नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ । ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायिका रीमा […]

डिभोर्सपछि रीमा भन्छिन्-‘सम्बन्ध टुटेपनि म टुटेकी छैन’

नायिका रीमा विश्वकर्माले आफ्नो बैबाहिक सम्बन्ध टुटेपनि आफू नटुटेको अर्थात हरेस नखाएको बताएकी छिन् । डिभोर्सको खबर सार्वजनिक भएपछि केहि दिन मिडिया र आफन्तको सम्पर्कबाट टाढा बसेकी रीमाले एक चलचित्रमा नृत्य गरेकी छिन् । नायिका केकी अधिकारीको निर्माणमा तयार भैरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा रीमाले नृत्य गरिन् । उनी, चलचित्रको यहि गीतमा मात्र देखिनेछिन् […]

डिभोर्सपछि रीमाले लेखिन्-‘जिन्दगी सधै सोचेजस्तो हुँदैन’

नायिका रीमा विश्वकर्माले २ बर्ष अगाडि मात्र जोडिएको वैवाहिक सम्बन्धलाई विश्राम लगाउने निर्णय गरेको खबर शनिबार अनलाइनखबरमा सवैभन्दा पहिला प्रकाशित भएको थियो । रीमाका पूर्व पति रोबर्ट बीकले झापाकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर अनलाइनखबरलाई प्राप्त भएपछि, हामीले यी दुइको डिभोर्स भएको खबर प्रकाशित गरेका थियौ । रीमालाई यो बिषयमा बारम्बार वुझ्न खोज्दा पनि उनको […]

रामकृष्णको आवाजमा रीमाको पीडा

गायक रामकृष्ण ढकालको आवाजमा प्रेमभाव बोकेको ‘ओरालो झरे जस्तो’ गीतको भिडियो रिलिज भएको छ । यो गीतमा इश्वर श्रेष्ठको शब्द, दीपक शर्माको संगीत छ । भिडियोमा मोडल रीमा विश्वकर्माले मोडलिङ गरेकी छिन् । उनको साथमा मोडल विकास लामिछानेलाइ देख्न सकिन्छ । यूवराज वाइवाले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन छ । यो […]

दरबारमार्गको क्लबमा रीमाको मुस्कान(७ तस्बिर)

चलचित्र र म्यूजिक भिडियोमा खासै व्यस्त नभएपनि नायिका रीमा विश्वकर्मा अहिले आम नेपालीको घर-घरमा पुगिरहेकी छिन् । रीमा विश्वकर्मा ‘नेपाल आइडल’को होस्ट बनेपछि उनको हराउँदै गएको क्रेज फेरि एकपटक बढेको छ । हुनत, यो रियालिटी शो सकिएपछि रीमाले आफूलाइ कसरी अगाडि बढाउने हुन्, त्यो त हेर्न बाँकी नै छ । केही दिन अगाडि काठमाण्डौको दरबारमार्गमा […]

नीराजनसँग साहारा माग्दै रीमा

‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा मोडलद्धय निराजन प्रधान र रीमा विश्वकर्मा अभिनित भिडियो रिलिज गरिएको हो । एसियन म्यूजिकले बजार प्रवर्द्धन गरेको यो गीतमा निक्सोन लिम्बु र मेलिना राइको स्वर छ । जितेन लेप्चाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रमणिय स्थानमा खिचिएको […]

ऋचाको ‘आधा लभ’ हेर्न स्वेतादेखि करिश्मासम्म

अभिनेत्रीबाट निर्मात्री बनेकी नायिका ऋचा शर्माको चलचित्र ‘आधा लभ’लाई केही नायिकाहरुको साथ मिलेको छ । खासै प्रचारप्रसार नगरी हलमा रिलिज गर्न लागिएको यो चलचित्रको वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । नायिका शर्माको निर्माणमा बनेको चलचित्र हेर्नका लागि स्वेता खड्का, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, गौरी मल्ल हलमा पुगे । यस्तै, कलाकार खगेन्द्र लामिछाने, […]

सुन्दर रीमाको व्यस्तता केमा ?

नायिका रीमा विश्वकर्मालाई दर्शकले पछिल्लो समयमा चलचित्रको पर्दामा खासै देख्न पाएका छैनन् । उनी, अहिले टेलिभिजनको पर्दामा भने देखिन्छिन् । टेलिभिजन शोमा भीजेकोे रुपमा देखिदै आएकी रीमा म्यूजिक भिडियोमा पनि काम गरिरहेकी छिन् । रीमाको चलचित्रमा व्यस्तता कम भएको छ । उनै रीमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा हट पहिरनमा पुगेकी थिइन् । सो पहिरनमा रीमा […]

रीमा र विकासको प्रेम ‘शुन्य शुन्य’ भएपछि

नायिका रीमा विश्वकर्मा अहिले चलचित्र भन्दा म्यूजिक भिडियोमै बढी सक्रिय छिन् । बिहेपछि पनि कलाकारीतामा सक्रिय रीमालाई चलचित्र क्षेत्रले भने खास सफलता दिन सकेन । तर, उनी म्यूजिक भिडियोमा भने चलेकी मोडल हुन् । उनै, रीमाले मोडल विकास लामिछानेसँग एक गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । अनुव पाण्डे र आगा लामाको स्वरमा समावेश ‘शुन्य […]