+
+

अमेरिकामा क्रिसमसमा रमाउँदै केकी र रीमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १४:११

काठमाडौं । यतिबेला अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा अमेरिका भ्रमणमा छन् । गोल्डेन नेपाली फिल्म अवार्डमा सहभागि हुन सन फ्रान्सिस्को पुगेका उनीहरूले त्यहाँ घुमघाममा इन्जोय गरिरहेका छन् ।

केकीले त पपुलर अभिनेत्रीको अवार्ड समेत प्राप्त गरिन् । प्राप्त तस्वीरमा यी दुई एक्ट्रेस रमाइरहेका छन् । यो समाचार लेखिरहँदा टाइम जोनको कारण अमेरिकामा क्रिसमस इभ सेलिब्रेसन भैरहेको छ । यस्तोमा केकी र रीमाले क्रिसमस इभ सेलिब्रेसन गरिरहेको फोटो फेसबुकमा सेयर गरेका छन् ।

विन्टर कोटमा सजिएका उनीहरूले रातो गुलाबमा आकर्षक फोटो पनि खिचाएका छन् । रातो कोटमा सजिएकी केकीलाई रातो गुलाबमा पोज दिएको फोटो सुहाएको छ । उनले सान्टा क्लजको मूर्तिलाई पनि चुम्बन गरेकी छन् । यी क्यान्डिड फोटोका लागि केकीलाई रीमाले पनि साथ दिएकी छन् ।

दशकअघिको फिल्म ‘स्वर’बाट एकसाथ फिल्म करिअर थालेका केकी र रीमा अफस्क्रिनमा मिल्ने साथी पनि हुन् । ‘कमेडी च्याम्पियन’को आउँदो सिजनमा पनि यी दुईको सहकार्य हेर्न सकिन्छ । यस्तोमा, अमेरिकामा क्रिसमस मनाइरहँदा उनीहरूको मित्रताको केमेस्ट्री पनि खुलेको देखिन्छ ।

हेर्नूस तस्वीर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?