+
+
Shares

रीमाले संसदमा उठाइन् कान्समा ‘एलिफेन्ट्स इन द फग ’को पोस्टर नराखिएको कुरा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद रीमा विश्वकर्माले कान्स फिल्म फेस्टिभलको नेपाली स्टलमा चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको विषय प्रतिनिधिसभा बैठकमा उठाइन् ।
  • उनले संसद्‌मा ‘चलचित्र विधेयक २०८२’ पारित भएपछि यसको कार्यान्वयन एक वर्षभित्रै गरिनुपर्ने माग गरिन् ।
  • कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा जुरी पुरस्कार जितेको उक्त चलचित्रको पोस्टर नेपालको आधिकारिक स्टलमा नराखिएपछि आलोचना भएको छ ।

काठमाडौं । रास्वपा सांसद रीमा विश्वकर्माले कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले स्थापना गरेको स्टलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको कुरा संसदमा उठाएकी छन् ।

फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएर जुरी पुरस्कार जितेको उक्त फिल्मको पोस्टर नराखिएको भन्दै आलोचना भैरहेको बेलामा विश्वकर्माले उक्त कुरा राखेकी हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘बोर्डको अधिकारिक स्टलमा पोस्टर समेत राखिएको थिएन । यसले हाम्रो तयारी कस्तो फितलो थियो भन्ने पुष्टि गर्छ ।’ उनले सिनेमा, संगीत र साहित्यले सांस्कृतिक कूटनीतिको अवसर दिएको बताइन् ।

‘अन्तर्राष्ट्रिय मंचमा हाम्रो उपस्थिती सांस्कृतिकरुपमा मात्र होइन । सिनेमा, संगीत र साहित्यले सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि दिएका छन्’ उनले भनिन् ।

उनले संसदबाट विधेयक पारित भएपछि यसको कार्यान्वयन एक वर्षभित्रै हुनुपर्ने कुरा बताइन् ।

भनिन्, ‘म नै जनप्रतिनिधि बनेर आएको बेलामा चलचित्र विधेयकको स्रैद्धान्तिक छलफल भएको छ । चिन्ता के छ भने, यो विधेयक पारित भएपछि नियमावली बन्न कति समय लाग्ने हो । विधेयक पारित भए लगत्तै यसैवर्षभित्र कार्यान्वयन हुने बनाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?