+
+
Shares

रीमा बनिन् कुलमान समर्थित पार्टीको केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेकी छन्।
  • पार्टीका ५१ पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम बुधबार अपरान्ह हस्ताक्षरसहित समावेश गरिएको छ।
  • उज्यालो नेपाल पार्टी पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ।

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् ।

पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र रीमाले हस्ताक्षर गरेकी छिन् ।

यसको पुष्टि रीमा आफैले अनलाइनखबरसँग गरिन् । ‘म औपचारिकरुपमा पार्टीको केन्द्रीय सदस्य बनेकी छु’ उनले भनिन् ।

स्रोतका अनुसार रीमाले बुधबार अपरान्ह मात्र नाममा साइन गरेकी हुन् । यसबाहेक, यो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन् ।

रीमाको कुरा गर्दा, उनी पछिल्लो समय टिभी कार्यक्रम होस्टमा ब्यस्त थिइन् । केही फिल्मको तयारी पनि गरिरहेकी थिइन् ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरि ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ । केही दिनमा दर्ता हुने एक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?