+
+
Shares

उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा. राजु थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १०:५४

७ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. राजु थापाले पाएका छन् ।

शनिवार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले भोेजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा. थापाले विपद् व्यवस्थापनमा पिएचडी गरेका छन् । पेशाले कानुन व्यवसायी समेत हुन् ।

उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिताप्राप्त दल हो । पार्टीको नेतृत्वमा पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । केन्द्रीय समिति ५१ सदस्यीय छ । यो पार्टीले चुनाव चिह्न बलेको चिम लिएको छ ।

उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिताप्राप्त दल हो । पार्टीको नेतृत्वमा पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । केन्द्रीय समिति ५१ सदस्यीय छ । यो पार्टीले चुनाव चिह्न बलेको चिम लिएको छ ।

दल दर्तासँगै पार्टीले बृहत घोषणासभाको तयारी गरिरहेको छ । केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकाल नेतृत्वमा घोषणापत्रलाई अन्तिम रुप दिइँदैछ ।

यही १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ । नेताहरूका अनुसार घोषणापत्रमा समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइनेछ ।

पार्टीका प्रवक्ता डा. थापा आफूहरू एकीकृत वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको बताउँछन् । यसका लागि आवश्यक गृहकार्य र चुनावको तयारी एकसाथ अगाडि बढेको डा. थापाले जानकारी दिए ।

नेताहरूका अनुसार उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको पार्टी हो र यसको गन्तव्य उन्नत समाजवाद हो । उन्नत मध्यमार्गी समाजवादको सिद्धान्तबाट पार्टी निर्देशित हुनेछ ।

मुख्य उद्देश्य गुणस्तरीय पूर्वाधार र समग्रतामा आर्थिक समृद्धि र क्रान्ति भएको उल्लेख गर्दै नेताहरू आन्टरप्रिनर युथहरुको वर्चश्व हुनेगरी पार्टी बनाएको बताउँछन् । समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्ति, सही ठाउँलाई मुल मन्त्र बनाउने पार्टीको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?