News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको राष्ट्रिय सभा गृहमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ।
- ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई घिसिङले सम्बोधन गर्ने बताइएको छ।
- पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेको छ।
१७ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु हुनेछ ।
ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।
पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ ।
पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।
सभामा सहभागी हुन मन्त्री घिसिङ भर्खरै पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4