News Summary
Generated by OK AI. Editorially reviewed.- प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन्।
- उज्यालो नेपाल पार्टीले मुलुकमा विद्यमान असमानता अन्त्य गर्ने र सामाजिक न्यायको माध्यमबाट विभेद उन्मुलन गर्ने दावी गरेको छ।
- गणेश योञ्जनले मुलुक कुशासनले जर्जर बनेको भन्दै सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा बोकेको बताए।
१७ मंसिर, काठमाडौं । प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् ।
उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् ।
‘मलाई आज नयाँ युगको प्रारम्भ हुन लागेको हो कि भन्ने मलाई अनुभूति भइराखेको छ,’ उनले भने, ‘नेपाली माटोको सुगन्ध भएको पार्टी घोषणा भएको छ । यो पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य पनि जोडिएको छ ।’
उनले मुलुक कुशासनले जर्जर बनेको भन्दै सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा बोकेर आएको उज्यालो नेपाल पार्टीले वर्षौंदेखि मुलुकमा विद्यमान असमानता अन्त्य गर्ने दावी गरे ।
‘समृद्धि पाँच प्रतिशत मान्छेको हातमा छ । ९५ प्रतिशत नेपाली नागरिक त्यो समृद्धिबाट बञ्जित गराइएको छ । त्यसलाई रुपान्तरण गर्न समृद्धिको आवश्यक छ,’ उनले थपे, ‘अहिले पनि विभेद छन् । तिनलाई सामाजिक न्यायको माध्यमबाट विभेदहरू उन्मुलन गर्ने अठोट यो पार्टीले गरेको छ । यो खुसीको कुरा हो ।’
प्रतिक्रिया 4