Comments Add Comment

विवाह पञ्चमी

List Grid
विवाह पञ्चमीमा भारतबाट आएन जन्ती

२ पुस, जनकपुरधाम । कोरोना भाइरसका कारण भारतबाट जनकपुरधाममा जन्ती नआएपछि यस पटक आन्तरिकै तबरबाट विवाह पञ्चमीको प्रक्रिया पूरा गरिँदैछ । जस अनुसार बिहीबार तिलकोत्सव समारोह गरिएको छ । तिलकोत्सवमा भारतको अयोध्याबाट आउने जन्ती र जनकपुरधामका महन्थसहित पूजारी र ऋषिबीच भेटघाट र अंकमाल गर्ने गरिन्छ । अयोध्याको राम मन्दिरका महन्थ र जानकी मन्दिरका महन्थबीच अंकमाल […]

यस वर्ष विवाह पञ्चमीमा विधिमात्रै पुर्‍याइने, अयोध्याबाट जन्ती नआउने

२६ मंसिर, जनकपुरधाम । कोरोना भाइरसको कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन । यस पटक विवाह पञ्चमी […]

जनकपुरमा ‘सीता’लाई डोलामा राखेर गंगासागर पुर्‍याइयो

२५ मंसिर, जनकपुरधाम । विवाह पञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन मंगलबार मटकोर सम्पन्न भएको छ । जनकपुरधामस्थित गंगासागरबाट पवित्र माटो उत्खनन गरी मटकोर विधि सम्पन्न गरिएको हो । जानकी मन्दिरबाट माता जानकीसहितको डोला गंगासागरमा पुर्‍याई विधिवत रुपमा पूजापछि गंगासागरको पवित्र माटो उत्खनन गरी मटकोर विधि समापन गरिएको थियो । त्यही माटोलाई विवाहको दिन यज्ञवेदीमा प्रयोग […]

काठमाडौं-जनकपुर पर्यटकीय बस थपिने

२३ मंसिर, काठमाडौं । विवाह पञ्चमीको लागि काठमाडौंबाट जनकपुर जाने पर्यटक बसको संख्या थप गरिने भएको छ । यस अघि दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा गरिरहेको छ । विवाह पञ्चमीका अवसरमा हुने यात्रुहरुको अवस्था हेरेर सोही ट्राभलले बसको संख्या थप गर्ने भएको हो । बिवाह […]

जनकपुरमा विवाह पञ्चमीको तयारी तीव्र , बरियात लिएर आउँदै उत्तरप्रदेशका मुख्यमन्त्री

९ मंसिर, जनकपुरधाम । प्रदेश २ सरकार रामजानकी विवाह महोत्सवको तयारीमा जुटेको छ । रामजानकी विवाह महोत्सव भव्यरुपमा मनाउने निर्णय गरेको सरकारले जानकी मन्दिरसँगको सहकार्यमा तयारी तीव्र पारेको हो । महोत्सवको तयारीबारे जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री लालबाबु राउत आफै कार्यक्रमहरु स्थलको निरीरक्षण गरेका छन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधारमन्त्री जितेन्ऽ […]

एक महिनाभित्र कर्मचारी पठाउन प्रदेश २ सरकारको अल्टिमेटम

९ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महोत्सवका लागि ५० लाख रुपैयाँ आर्थिक सहयता दिने निर्णय गरेको हो । जनकपुरको जानकी मन्दिरमा हिन्दू नेपालीहरुले भव्यताका साथ यो पर्व मनाउँछन् । त्यस्तै प्रदेश सरकारले आफ्नो सचिवालयलाई मधेस […]

सिंहदरबारलाई प्रदेश २ को अल्टिमेटम- एक महिनाभित्र कर्मचारी पठाऊ

९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषदले एक महिनाभित्र आवश्यक कर्मचारीहरु पठाइसक्न संघीय सरकारसमक्ष आग्रह गरेको छ । अन्यथा आफैं कर्मचारी भर्ना गरिने प्रदेश सरकारको चेतावनीयुक्त निर्णय छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार सम्पन्न बैठकले प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना -ओएनएम) अनुसारका कर्मचारीहरु एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो […]

आज विवाह पञ्चमी, जानकी मन्दिरमा भक्तजनको भीड

७ मंसिर, काठमाडौं । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो । जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले सीता–राम विवाह महोत्सव मनाउँदै आएका छन् । […]

जनकपुरमा विवाह पञ्चमी महोत्सव सुरु

१४ मंसिर, धनुषा । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ । त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्म चल्ने छ । मेलामा भिडभाडलाई ध्यानमा राखी सुरक्षा व्यवस्था […]

जनकपुरमा विवाह पञ्चमीको तयारी तीव्र

९ मंसिर, धनुषा । जनकपुरमा विवाह पञ्चमी महोत्सवको लागि तयारी तीव्र पारिएको छ । विवाह पञ्चमी महोत्सव मंसिर १४ देखि २० गतेसम्म चल्ने छ । त्रेता युगमा राम सिताको विवाह भएको सम्झनामा हरेक बर्ष जनकपुरमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट हजारौं दर्शनार्थीहरु जनकपुर आउने गर्दछन् । विवाह पञ्चमी महोत्सवलाई […]