Comments Add Comment

विवेकशील साझा पार्टी

List Grid
रवीन्द्र मिश्रको पुस्तकको रोयल्टी विवेकशील साझालाई

१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक ‘राजनीतिसँगै राजकाज’बाट हालसम्म प्राप्त लेखकस्व पार्टीलाई प्रदान गरेका छन् । कर कट्टी गरी हालसम्म प्राप्त लेखकस्व ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गरेका हुन् । गत चैतमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने […]

जसपाकै बाटोमा विवेकशील साझा

२१ भदौ, काठमाडौं । परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फसेको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि सिर्जना भएको विवाद अहिले समानान्तर गतिविधि सञ्चालनसम्म पुगेको छ । र, तत्काल दुवै पक्षबीच सहमति हुने सम्भावना […]

मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद : संयोजक पाण्डे

२० भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको बताएका छन् । मिश्रले नै पार्टीको विधान र घोषणापत्र विपरीत काम गरिरहेको उनको आरोप छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि […]

समानान्तर गतिविधि नरोके कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको निर्णय

१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीमा समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । बिहीबार बसेको बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै पार्टी हित विपरीतको समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए । त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय […]

विवेकशील साझामा पाण्डे पक्षको बैठक सकियो, भोलि फेरि बस्दै

१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले अध्यक्ष रवीन्द्र मिश्र पक्षले रोकेको विधानलाई अघि बढाउने विषयमा छलफल भएको छ । तर निर्णय भएन । न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया चाहिँ शुरु गरिएको छ । त्यसका लागि कार्यविधि बनाउन सचिवालय सदस्य आशुतोष तिवारीको नेतृत्वमा […]

विवेकशील साझामा संयुक्त बैठक राख्ने प्रयास असफल

१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीमा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा विभाजित छ । विवाद चर्किरहेका बेला अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । पार्टी एकता सम्झौतामा अध्यक्ष […]

विवेकशील साझाका अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

१५ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले […]

विवेकशील साझा : फुट्न पनि गाह्रो, जुट्न पनि गाह्रो

१४ भदौ, काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रतिवेदन नआएको भए विवेकशील साझा पार्टीका नेता कार्यकर्ता अहिले एकता महाधिवेशनको तयारीमा जुटिरहेका हुन्थे । चुनावसम्मको एजेण्डाबारे आन्तरिक छलफल र बैठक चलिरहेको हुन्थ्यो । तर मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल अहिले ठप्प […]

रवीन्द्र मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक, पाण्डेको आपत्ति

१४ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै […]

वैकल्पिक राजनीतिमा मिश्रको ‘एम्बुस’, ‘डिफ्युज’ गर्ने प्रयासमा नयाँ पुस्ता 

२१ साउन, काठमाडौं । परम्परागत राजनीतिको बनिबनाऊ बाटो छाडेर वैकल्पिक राजनीतिको गोरेटो कोर्ने बाँझो जमिन खन्न तम्सिएका ‘परिपक्व’ भनिएका अभियन्ताहरूले छोटै समयमा हार खाएका छन् । केहीले बाटो बदलेका छन् भने केहीले बाटो छाडेका छन् । सामान्यतः परम्परागत राजनीतिभित्रै विकल्प खोज्ने बाटो राजनीतिक विकल्प हो भने राजनीतिका आम चरित्रमा रुपान्तरण खोज्न नयाँ बाटो हिंड्ने अभ्यासलाई […]

रवीन्द्र मिश्रलाई पाण्डेसहित ४ नेताको काउन्टर : उल्टो हिँडेर अगाडि बढिँदैन

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चार नेताले नयाँ प्रस्ताव ल्याएका छन् । प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक राजनीतिलाई समर्पित गर्नु हाम्रो कार्यभार होइन’ प्रस्तावमा भनिएको छ, ‘गणतन्त्रभन्दा राजतन्त्रलाई राम्रो भनेर असंगत तर्कहरुलाई मलजल गर्नु […]

रवीन्द्र मिश्रको काउन्टरमा पाण्डेसहित ४ नेताले ल्याए अर्को प्रस्ताव (पूर्णपाठसहित)

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् । पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो । ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने […]

प्रतिगमन स्वीकार्दैनौं, कमल थापाजीहरू खुसी हुन जरुरी छैन : मिलन पाण्डे

१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘मलाई धेरै साथीहरूले अब पार्टी […]

पार्टीमा छलफलविनै रवीन्द्र मिश्रले किन ल्याए संघीयता खारेजीको प्रस्ताव ?

११ साउन, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच मंसिर २२, २०७७ मा दोस्रो पटक एकता भएर विवेकशील साझा पार्टीले एकता महाधिवेशन गर्ने ६ महिने अवधि गुजारिसकेको छ, विधान पनि बनेको छैन । विधान कार्यदलका संयोजक सञ्जीव भट्टराई (पूर्वविवकेशील समूह) र समीक्षा बाँस्कोटा (पूर्वसाझा समूह) ले विधानको खाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन […]

राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ : विवेकशील साझा

२८ असार, काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि गर्दै आएको प्रहारलाई सर्वोच्च अदालतले संवैधानिक अनुशासनमा बाँधेको उसको निष्कर्ष छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त पार्टीले भनेको छ, ‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको […]

आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी

१० असार, काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् । जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार आफैं प्रहरीको सिंहदरबार […]

नेता थापाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ । कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत […]

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भीर

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । थापाका साथी एवं डाक्टर विश्व दवाडीले अनलाइनखबरसँग भने, ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर […]

नागरिकता अध्यादेश ल्याउनु दूषित मनसाय : विवेकशील साझा पार्टी

१० जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले नागरिकताजस्तो गम्भीर विषय संसद् छलेर कुनै दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेशबाट ल्याइनु गलत भएको बताएको छ । प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा अध्यादेशले केही महत्वपूर्ण विषयलाई सकारात्मक रुपमा सम्बोधन गरे पनि त्यसको प्रक्रिया र उद्देश्य गलत भएको उल्लेख गरिएको छ । ‘नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर अमुक […]

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

६ जेठ, काठमाडौं । ‘नो भोट’को व्यवस्था नगरिएको भन्दै विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । उपनिर्वाचनका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षाकृत भूमिका निर्वाह हुनेमा आश्वस्त पनि नभएको भन्दै विवेकशील साझा पार्टीले भोट नहाल्ने निर्णय गरेको हो । ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ […]

विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित

२६ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीका कारण विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस […]